नामटारमा वीपी स्मृती भवन शिलान्यास
हेटौँडा,२९पुस/मकवानपुरको नामटारमा वीपी स्मृती भवनकोे शिलान्यास गरिएको छ । व्यवस्थापिका संसदका सदस्य महालक्ष्मी उपाध्याय डिनाले बुधबार एक कार्यक्रमकाबीच भवन शिलान्यास गरेकी हुन् ।
भवन शिलान्यास गर्दै उनले भवन निर्माणका लागि सांसद विकास कोषबाट एकलाख रुपै“या सहयोग गरिन् । उनले भवन निर्माणका लागि आवश्यक रकम जुटाउन थप सहयोग र समन्वय गर्ने प्रतिवद्धता समेत व्यक्त गरिन् । वर्तमान समयमा वीपीको विचार लागू हुनु आवश्यक रहेको तर्क गर्दै उनले वीपीको योगदानलाई जीवन्त राख्नको निम्ति का“ग्रेसजन एक हुनु आवश्यक रहेको औंल्याइन् । कार्यक्रममा नेपाली का“ग्रेस मकवानपुरका सभापति रघुरमण न्यौपाने, निवर्तमान सभापति माइकल रामचन्द्र अर्याल, पार्टी जिल्ला सचिव आनन्दराम पराजुली, जिल्ला सदस्य बुद्घ लामा, पार्टी क्षेत्रीय कोषाध्यक्ष शङ्कर न्यौपाने, लोकतान्त्रिक खेलकुद विकास संघ केन्द्रीय सदस्य इश्वर पाठक लगायतको आतिथ्यता रहेको थियो ।
एक बर्षभित्र निर्माण गरिसक्ने लक्ष्य लिइएको वीपी स्मृती भवन निर्माणका लागि करिब आठलाख रुपैंया खर्च लाग्ने अनुमान गरिएको छ ।