‘बालबालिका र युवाको कुरा सुनौं’
हेटौंडा, १२ असार/ पछिल्लो समय लागुऔषधको प्रयोग गर्नेमा बालबालिका तथा किशोरहरुको समूह बढ्दो छ । लागुऔषध प्रयोगकर्ता हुँदै ओसारपसारमा पनि १८ वर्ष भन्दा कम उमेर बालबालिकाको प्रयोग भइरहेको प्रहरीको तथ्याड्ढबाट प्रष्ट हुन्छ । १८ वर्षदेखि ३० वर्षसम्मका युवाहरु पछिल्लो समय लागुऔषधको प्रयोग र कारोबार गरेका आधारमा प्रहरी नियन्त्रणमा पुग्छन् ।
सोमबार लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा बालबालिका र युवालाई विशेष ध्यान दिनु पर्ने विषयमा जोड दिएर विविध कार्यक्रम गरिएको छ । मकवानपुरमा साताव्यापि रुपमा लागुऔषधका विषयमा विभिन्न कार्यक्रम गरिएको छ । ‘बालबालिका र युवाको स्वास्थ्य र सुरक्षित विकासका लागि सर्वप्रथम उनीहरुकै कुरा सुनौं’ भन्ने तय गरेको छ । बालबालिका र किशोर÷किशोरीहरुको स्वस्थ र सुरक्षित विकासमा जोड दिएर यस वर्ष लागु औषध तथा ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवस विभिन्न चेतनामूलक कार्यक्रमका साथ मनाइएको हो । मकवानपुरमा लागुऔषधको सेवनमा विभिन्न कारण हुने गरेकोमा ५० प्रतिशत दुव्र्यसनको सुरुवात साथीभाइकै संगतका कारण हुने बताइएको छ । सोमबार जिल्ला समन्वय समितिको सभाहलमा आयोजित अन्तरक्रिया कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक बसन्तकुमार लामा लागुऔषधको दुव्र्यसनीमा किशोरहरुको संख्या बढ्दै गएको बताए । पछिल्लो समय जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्लाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको लागुऔषध कारोबारीका आधारमा पनि किशोरहरुको संलग्नता उच्च रहेको पाइएको हो । ‘साथीभाईले एक पटक त हो नि भन्दै सेवनका लागि उक्साउने
गरेको पाईएको छ,’ लामाले भने,‘यसबाट लागुऔषधको प्रयोग सुरु हुने र पछि नसा नै बन्ने गरेको छ । यसले अपराध पनि बढाएको छ ।’ प्रहरीका अनुसार विभिन्न खाले समस्याका समाधानका लागि भन्दै लागुऔषध सेवन गर्नेको संख्या २० प्रतिशत रहेको छ भने पारिवारिक विखण्डनका कारण १० प्रशितले लागुऔषध सेवन गर्ने गरेको पाईएको छ । त्यस्तै १० प्रतिशत प्रयोगकर्ताले नयाँ स्वाद चाख्ने चाहनाका कारण लागुऔषध सेवनको कुलतमा फस्ने गरेको पाईएको लामाको भनाई छ । चुरोट, सूर्ति, रक्सी, गुट्खा लगायतका सागम्रीलाई समाजले लागुऔषधको रुपमा नलिएको बताउँदै गृहमन्त्रालयका सहसचिव केदार न्यौपानेले यो नै लागुऔषध दुव्र्यसनतर्फ लाग्ने पहिलो पाईला भएको बताए । दुव्र्यसनमा फसेपछि पारिवारिक तनाव, आर्थिक क्षति र प्रयोगकर्ताको स्वास्थ्यमा समेत गम्भिर असर पर्ने गरेको छ । लागुऔषध दुव्र्यसन नियन्त्रणका लागि चेतना अभिवृद्धिको कार्यक्रम सञ्चालन, अभिभावकबाट सन्तानको सही हेरचाह, जागरुक समाजको निर्माण, प्रहरीको कडा निगरानी लगायतका काममा जोड दिनुपर्ने सरोकारवालाहरुको भनाई छ ।
यसैबीच, लागुऔषधको कुलतमा फसेर आफूलाई सुधार्ने प्रयासमा लागेका ८० जना हेटौँडाका पुनस्थापना केन्द्रमा रहेका छन् । हेटौँडामा रहेका ४ सुधार गृहमा अहिले उनीहरु कुलत त्यागेर आफ्नो पुरानै सामान्य जीवनमा फर्कन जुटेका हुन् । मकवानपुर प्रहरीका अनुसार हेटौँडा–५ मा रहेको मकवानपुर रिकभरी ग्रुपमा ३५ जना, हेटौँडा–८ मा रहेको सिआनमा २५, हेटौँडा–४ मा रहेको समर्पणमा १५ जना आफूलाई सुधार्ने प्रयासमा छन् । हेटौँडा–४ मा रहेको एकमात्र महिला पुर्नस्थापना केन्द्र प्रेरणामा ५ जना महिला आफुलाई कुलतबाट मुक्त गर्ने प्रयासमा जुट्का छन् । यस्ता पुर्नस्थापना केन्द्रहरुलाई राज्यले निगरानीका साथै सहयोग गर्नुपर्ने पुर्नस्थापना केन्द्र सञ्चालकहरुको भनाई छ । दिवसको अवसरमा सोमबार विहान मकवानपुर रिकभरिङ् समूह, सिआन पुनस्र्थापना केन्द्रलगायतको उपस्थितिमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट सुरु भएको प्रभातफेरि बजार परिक्रमा गर्दै बुद्धचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । उक्त दिवसको अवसर पारेर मकवानपुर रिकभरि· समूहले दीप प्रज्वलन पनि गरेको थियो ।