Header Ads


थाहा नगरमा बजार अनुगमन

हेटौंडा, १२ असार/उत्तरी मकवानपुरको थाहा नगरपालिकामा सोमबार बजार अनुगमन गरिएको
छ ।
एक वर्षको बीचमा दोश्रो पटक भएको अनुगमनको क्रममा बजारको अवस्था अझै कमजोर रहेको पाइएको छ । खाद्य उद्योग, किराना पसल, होटल, रेष्टुरेन्ट, तथा मिठाई पसलको अनुगमनबाट म्याद गुज्रिएका खद्य पदार्थहरु भेटिएको छन् । अनुगमनको क्रममा मिति समाप्त भएका पेय पदार्थ, लेज, तथा कुरमुरे फेला परेको छ । त्यस्तै मूल्य सूची नराखिएको, व्यवस्थापनमा कमजोरी, सरसफाईमा ध्यान नदिईएको, पसल दर्ता नभएको समस्या देखिएको छ ।
११ वटा होटल तथा पसल फर्म दर्ता नगरी व्यवसाय सञ्चालन गरेका पाईएकोले दर्ता भएर व्यवसाय सञ्चालन गर्न आग्रह गरिएको छ । अनुगमनको क्रममा उद्योगी, व्यवसायी तथा व्यापारिलाई बाल बालिका प्रयोग नगर्न, मूल्य सूचि राख्न म्याद सकिएका सामानलाई छुटै राख्न, म्याद हेरेर मात्र सामान खरिद विक्रि गर्न भनेको छ । विक्रेता अझै सचेत हुन सकेका छैनन् । करिब १ वर्ष पछि अनुगमन गरिएकका हो । ३ ÷ ३ महिनामा अनुगमन हुने भनिएता पनि हुन सकेको थिएन ।
क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यलय हेटौडाका प्रमुख राजकुमार रिजाल, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख चन्दन कुमार अमात्य, उपभोक्ता हित संरक्षण मञ्चका मदन रिमाल, जिल्ला प्रशाशन कार्यालयका नासु मदन कुमार श्रेष्ठ, थाहा नगरपालिकाका प्रकाश कुमार थिङलगायत अनुगमनमा सहभागी थिए ।
Powered by Blogger.