एक कठ्ठामा डेढ क्विन्टल खुर्सानी
बकैया, १२ असार/बकैया गाउँपालिका वडा नम्बर ५ का किसान विष्णुप्रसाद दाहालले आफ्नो एक कठ्ठा जमिनमा लगाएको हरियो खुर्सानीबाट आम्दानी बढाएका छन् ।
थोरै जमिनमा प्रविधिको प्रयोग गरेर लगाइएको खुर्सानी खेतीबाट दाहालले आफ्नो आम्दानी बढाएका हुन् । प्लास्टिक मल्चिङ विधिबाट उनले एक कठ्ठा जमिनमा खुर्सानी रोपेका छन् । पहिलो लटमा करिब ६० किलो हरियो खुर्सानी विक्रि गरिसकेका दाहालले अझै दुई लट खुर्सानी बेच्न सकिने दावी गरेका छन् । प्रति किलो ५० रुपैयाँमा गाउँमा नै खपत हुने खुर्सानी खेतीबाट उनी हौसिएका छन् । ‘अझै दुई लट खुर्सानी टिप्न सकिन्छ,’ उनले भने,‘नयाँ प्रविधिबाट खुर्सानी खेती गर्दा निकै सजिलो पनि भएको छ । उत्पादन पनि बढेको छ । श्रम पनि कम परेको छ ।’ एक कठ्ठा जमिनमा डेढ क्वीन्टल खुर्सानी उत्पादन हुँदा उनले करिब ८ हजार रुपैयाँ आम्दानी गर्ने छन् ।
राष्ट्रपति चुरे कृषि परियोजना अन्तर्गत उनले प्लास्टिक मल्चिङ विधिबाट खुर्सानी खेती गरेका हुन् । यो परियोजनाले प्लास्टिक र पाइप अनुदानमा उपलब्ध गराएको उनले बताए । खुर्सानी खेतीका लागि तयार गरिएको माटोमा प्लास्टिक ओछ्याएर उक्त प्लास्टिकमा सानो प्वाल पारी खुर्सानीको विरुवा रोप्ने विधि नै प्लास्टिक मल्चिङ विधि हो । यो विधिले माटोमा रहेको चिस्यान कायम राख्ने हुँदा विरुवाका लागि आवश्यक पानी माटोबाटै उपलब्ध हुन्छ । यो विधिबाट खुर्सानी सहित गोलभेँडा खेती पनि गर्न सकिन्छ ।
उनले आफूसँग भएको ६ कठ्ठामा नै यो विधिबाट खेती गर्ने योजना रहेको सुनाए । ‘यो विधिबाट मैले पहिलो पटक खुर्सानी रोपेको हो,’ उनले भने,‘मलाई यो विधि निकै सहज र उपयोगी लागेको छ । यो विधिबाट अब म गोलभेँडा खेती पनि सुरु गर्छु ।’ उनले गोलभेँडा खेतीका लागि विरुवा समेत तयार पार्दै छन् ।
प्लास्टिक मल्चिङ विधिका लागि जिल्ला कृषि विकास कार्यालय मकवानपुरले सात हजार रुपैयाँ बराबरको प्लास्टिक र पाइप अनुदानमा उपलब्ध गराउने गरेको छ ।