Header Ads


बर्षा भएसँगै धान रोप्न चटारो

हेटौंडा, ११ असार/मौसमले साथ दिएपछि मकवानपुरका किसानलाई अहिले धान रोप्ने चटारो परेको छ ।
बर्षेनी आकाशे पानीको भरपर्दो रोपाइँ समयमा गर्न नपाउने किसानले यसपटक भने समयमै पानी पर्दा असारको पहिलो हप्तामै रोपाइँ शुरु गर्न थालेका छन् । जिल्ला कृषि विकास कार्यालय मकवानपुरका वरिष्ठ कृषि विकास अधिकृत निर्मल गदालले  मकवानपुरमा करिव १२ प्रतिशत भूभागमा अहिले नै धानको रोपाइँ भइसकेको जानकारी दिए ।
साधारणतया असार १५ गते रोपाइँ शुरु हुने यहाँ पानी पर्ने वित्तिकै किसानले असार १५ पनि पर्खदैनन् वरिष्ठ कृषि विकास अधिकृत गदालले भने । मकवानपुरको अधिकांशभागमा सिंचाईको अभाव छ, त्यसैले आकाशले साथ दिनवित्तिकै किसानको ध्यान धान खेतीतर्फ नै केन्द्रित हुने गर्छ । जिल्लाको ११ हजार दुईसय हेक्टर जमिनमा वर्षेधान रोपाई हुने गरेको छ भने १३ हजार ६ सय हेक्टरमा चैते धान रोपाई हुने गरेको उनले बताए  । मकवानपुरमा ४१ हजार ३ सय ३८  हेक्टर भू भाग खेति योग्य रहेकोमा ३६ हजार ५ सय ४२ हेक्टर भूमिमा खेती हुँदै आइरहेको उनको भनाइ रहेको थियो ।
Powered by Blogger.