राष्ट्रिय सेवा दलको तालिम सुरु
हेटौंडा, १३ असार / राष्ट्रिय सेवा दलको तालिम हेटौंडा ११ मा रहेको हेटौंडा एकेडेमीमा सुरु भएको छ । मंगलबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद शर्मा दुवाडीले तालिमको उद्घाटन गरेका हुन् ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि दुवाडीले विद्यार्थीहरुको दक्षता, क्षमताको साथसाथै विद्यार्थी जीवनबाटै राष्ट्रियताको भावना जागृत गराउन यो तालिमले निकै ठूलो भूमिका खेल्ने बताए । कार्यक्रममा नेपाली सेनाको नयाँ सबुज गणका गणपति प्रमुख सेनानी अमर सिं थापाले राष्ट्रिय सेवा दलको बारेमा प्रकाश पारेका थिए ।
उनले राष्ट्रिय सेवा दलको बारेमा बताउँदै राष्ट्रिय सेवा दलले विद्यार्थीहरुलाई सैद्धान्ति र व्यावहारिक ज्ञान दिने बताए । १०० दिनसम्म चल्ने तालिममा शारीरिक व्यायाम, मास पिटी, तेक्वान्दो पिटी र आइकिदोको प्रशिक्षण हुनेछ भने ड्रिल अन्तर्गत खाली हात ड्रिल, खुकुरी ड्रिल र सेरेमोनियल ड्रिल सिकाइनेछ ।
राष्ट्रिय सेवा दलले अनुशासन नै राष्ट्रको मूल जग हो भन्ने नारासहित विद्यार्थीहरुलाई ७९ दिन विद्यालय परिसरमै तालिम प्रदान गर्नेछ भने बाँकी समय मोरङमा तालिम प्रदान गरिनेछ । उत्कृष्ट हुने विद्यार्थीहरुलाई वैदेशिक यात्रा समेत गराइने राष्ट्रिय सेवा दलले जनाएको छ । राष्ट्रिय सेवा दलले आगामी आर्थिक वर्ष २०७४/०७५ मा ७४ वटा जिल्लाका १६५ विद्यालयका ६ हजार विद्यार्थीलाई यो तालिम प्रदान गर्ने जनाएको छ ।
अर्काे आर्थिक वर्षमा थप १ एकहजार ५ सय बढाएर ७ हजार ५ सय जनालाई यस्तो तालिम दिइने लक्ष्य राखिएको राष्ट्रिय सेवा दलले जनाएको छ । एक सय दिनसम्म सञ्चालन हुने यो तालिमले विद्यार्थीको भौतिक र बौद्धिक विकासमा सहयोग पु¥याउनुका साथै उनीहरूलाई असल नागरिक बन्न प्रेरित गर्ने भएकाले पनि यसमा विद्यार्थीको आकर्षण देखिएको हो । हेटौंडा एकेडेमीका १८ छात्र र १८ छात्रा गरी जम्मा ३६ जना विद्यार्थीले उक्त तालिममा सहभागिता जनाउने भएका छन् ।
हेटौंडा एकेडेमीका प्रिन्सिपल श्री बहादुर कार्कीको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक नारायण प्रसाद मैनाली, जिल्ला शिक्षा अधिकारी विरेन्द्र जंग थापा, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख बसन्त कुमार लामा, सशस्त्र प्रहरी बलका अमर राज बराल लगायतको आतिथ्यता रहेको थियो ।