पहिलो चरणमा अप्रत्यासित पराजय: थापा
हेटौंडा, १३ असार/पहिलो चरणको स्थानीय चुनावमा राप्रपाले अपेक्षा अनुरुपको परिणाम प्राप्त नहुदाँ अप्रत्यासित पराजय भोग्नु परेको राप्रपाका अध्यक्ष कमल थापाले बताए ।
‘प्रजातान्त्रिक विधिबाट भएको चुनावमा हार जीत भएतापनि राप्रपाले पहिलो चरणको चुनावमा सन्तोषजनक परिणाम प्राप्त गर्न सकेन,’ उनले भने ‘अब हुने दोस्रो र तेस्रो चरणको चुनावमा सुधार हुने अपेक्षा गरेका छाँै ।’ राप्रपा मकवानपुरले आयोजना गरेको जिल्ला कार्यकर्ता भेला तथा चुनावी समीक्षा कार्यक्रममा प्रमुख अतिथि रहेका थापाले पहिलो चरणको चुनावमा मकवानपुर जिल्ला सहित अन्य जिल्लामा राप्रपाले सोचे अनुरुपको परिणाम प्राप्त गर्न नसकेता पनि सरकारमा रहँदा दुई उपलब्धीको कार्य गरेको बताए ।
स्थानीय चुनावको माग राखेर नगरपालिका र गाउँपालिकाको कार्यालय ताला बन्द गरेर संसदमा प्रस्ताव दर्ता गर्ने पार्टी राप्रपा मात्र रहेको उनको दावी थियो । त्यसैगरी उनले प्रदेश नम्वर ३, ४ र ६ मा चुनाव सुनिश्चित गर्न आफू माओवादी पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुदाँ सरकारमा सहभागी भएको पनि थापाले बताए । ‘१÷२ वटा चुनाव हार्दैमा राप्रपाले उठाएको एजेण्डामा सम्झौता हुँदैन,’ उनले भने,‘आफूहरुको एजेण्डाको गलत प्रचार भयो । यसमा वाह्य शक्ति हावी भएर राप्रपालाई हराउने षडयन्त्र गर्न खोजिएको हो । राष्ट्रवादी हुन र भन्न सजिलो छ, राष्ट्रवादी भएर बाँच्न गाह्रो छ ।’
पहिलो चरणको चुनावमा देशभरी मतको हिसावले राप्रपाले सम्मानजनक मत प्राप्त गरी चौथो स्थान सुरक्षित गरेको उनले बताए । ‘राप्रपा हार्नु भनेको सनातन धर्म पक्षधर बलियो नहुनु हो,’ उनले भने,‘जनमत हिन्दू धर्मको वकालत नहुनु हो । वाह्य शक्तिको एजेण्डा क्रियाशिल भएर राप्रपालाई घात भएकोले पराजित हुन परेको हो ।’
राप्रपाले आफ्नो जिम्मेवारीबाट विचलित नभए जनताको माझ पार्टीको एजेण्डा र औचित्य समाप्त हुन नदिने उनले बताए । राप्रपा मकवानपुरका अध्यक्ष गणेश थापाको अध्यक्षतामा भएको कार्यक्रममा राप्रपा मकवानपुरका पूर्व केन्द्रीय सदस्य मधु अधिकारीले चुनावमा अन्तरघात गर्नेलाई पार्टीको जिम्मेवारी दिन नहुने तर्क गरेका थिए ।
कार्यक्रममा पार्टीका जिल्ला उपाध्यक्ष शिवराम थापा, जिल्ला सदस्य सिताराम वर्तौला, ४ नम्बर क्षेत्रीय अध्यक्ष गोविन्द रिजाल, नगर अध्यक्ष गुरुप्रसाद सापकोटा, राप्रपाबाट थाहा नगरका मेयरमा उम्मेदवार बनेका हरेराम कार्की, हेटौँडामा उपमेयरमा उम्मेदवार बनेकी ईन्दिरा न्यौपाने, नेताहरु विष्णु अधिकारी, दिलबहादुर बल, लक्ष्मी जिम्बा, अम्बिका खविडा, शुभद्रा तिमल्सिना, शुक्रराज प्रजा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।