पाण्डुकेश्वरमा पुनः हमाल
हेटौंडा, ३० भदौ/थाहानगर २ मा रहेको पाण्डुकेश्वर क्षेत्र विकास समितिको अध्यक्षमा पुनः जनक हमाल चयन भएका छन् । शनिबार भएको समितिको २२ औँ वार्षिक साधारणसभाले हमालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कमिटी चयन गरेको छ । समितिको उपाध्यक्षमा विष्णुहरी ढकाल, सचिवमा दिवाकर कार्की, सहसचिव देबचन्द्र ढकाल, कोषाध्यक्षमा रामप्रसाद ढकाल चयन भएका छन् । यसैगरी समितिको सदस्यमा किशु रायमाझी,
रामशरण बस्नेत, पार्वती कार्की, सुमित्रा के.सी, कमलकुमार के.सी,, अम्बिका कार्कीचयन भएका छन् । समितिका अध्यक्ष जनक हमालको अध्यक्षतामा भएको कार्यक्रममा थाहा नगर २ नम्वर वडाका अध्यक्ष गुप्तबहादुर कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । समितिका अध्यक्ष हमालले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष रामप्रसाद ढकालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा समितिका सस्थापक अध्यक्ष राममणी ढकाल, थाहा नगर २ नम्वर वडा सदस्य जानुका ढकाल, गोरक्षेश्वर संरक्षक समितिको महासचिव प्रकाश ढकाल,, जनकल्याण माबिका सानोभाइ कार्की, पाथिभरा संरक्षण समितिका अध्यक्ष माधब कार्की लगायतको आतिथ्यता रहेको थियो ।

