बुद्ध जयन्तीमा अन्तरजातिय विवाह
हेटौंडा, १७ बैशाख/२५६२औं बुद्ध जयन्तीको अवसरमा हेटौंडामा पारिवारिक सहमतिमा नै अन्तरजातिय विवाह भएको छ । समाजमा अहिले पनि असहज रुपमा मानिने अन्तरजातिय विवाह सोमबार हेटौंडामा धुमधामसँग भएको छ ।
परिवारको सहमतीमै बर्दिया जिल्लाको राजपुर नगरपालिका ८ का पुष्पा काफ्ले र हेटौंडा–१९ बस्तीपुरका बुद्धराम बलले अन्तरजातिय विवाह गरेका हुन् । परम्परागत रुपले बैवाहिक सम्बन्धमा बाँधिएकोले विभिन्न जात र धर्मका कारण विभाजित नेपाली समाजलाई हाम्रो एउटै जात नेपाली भन्ने सन्देश दिएको छ । यस अन्तरजातिय विवाह समाजमा हुने सजातिय विवाहमा कुनै अन्तर नदेखिएको विवाहमा सहभागीहरुले बताएका छन् । यस अन्तरजातिय विवाहले समाजमा परिवर्तन आएको गाउँलेहरुले महसुस गरेका छन् । अन्य सजातिय विवाह र यो अन्तर जातिय विवाहलाई फरक हुन नदिने उद्देश्यका साथ विवाह गरेको र सोहि अनुसारको सहयोग छरछिमेकबाट पाएकोमा जन्तीहरुले खुशी व्यक्त गरेका थिए ।
उक्त विवाहकी दुलहीको पुष्पा काफ्ले २०५६ साल असार १५ गते १४ वर्षको उमेरमा नै परिवारले विवाह गरेका
थिए । तर उनका श्रीमान्ले २ वर्षपछि शारीरिक र मानसिक यातना दिएपछि दुवैपक्षले कानुनी रुपमा अलग हुने निर्णय गरेका थिए । काफ्ले आफ्नो परिवारसँग बसेर कपडाको व्यवसाय गर्दै आइरहेकी थिइन् । राष्ट्रिय सहकारी बैंकमा काठमाडौंमा कार्यरत बल २०७१ साल बाग्लुङ जिल्लामा शाखा प्रबन्धकको रुपमा सरुवा भए । २०७२ सालमा बल र काफ्ले एकआपसमा भेट भएपछि बलले राखेको बिवाहको प्रस्ताव उनीले स्वीकारेकी
थिइन् । सोही इच्छा बमोजिम ३१ वर्षिय विवाहित केटी काफ्ले र २७ वर्षीय अविवाहित बल गौतमबुद्ध जयन्तीका दिन प्रेम विवाहमा बाँधिएका हुन् ।
काफ्ले र बलबीचको यस अन्तरजातिय विवाहलाई पराम्परा र प्रचलन अनुसार स्वीकार गरिएकोमा यसलाई समाज परिवर्तनको उदाहरणको रुपम लिएको हेर्न सकिन्छ । सामाजिक अनुशासनको नाममा अन्तरजातिय विवाहलाई समाजले अझै पनि स्विकार गर्न सकिरहेको छैन । २१ औं शताब्दिमा आईपुग्दा सामाजिक विभेद,
कुरीति र अन्धविश्वासले नेपाली समाजलाई रुमल्लि रहेको छ । तर बिभेदको अन्त्यको लागि प्रयास हुनु आवश्यक छ । धार्मिक, सांस्कृतिक, जातिय र साम्प्रदायीक रुपमा पनि बैवाहीक सम्बन्धलाई परिभाषित गर्ने गरिन्छ । फरक फरक धर्म, संस्कृति, जात र सम्प्रदाय बिचको विवाहलाई नेपाली समाजले सहर्ष स्वकार
गर्दैन । तर गौतम बुद्ध जयन्तीको अवसरमा हेटौंडाको रिसोर्टमा तामधामका साथ भएको यो विवाह समारोहलाई भने सबैले स्विकार गरे ।
गर्दैन । तर गौतम बुद्ध जयन्तीको अवसरमा हेटौंडाको रिसोर्टमा तामधामका साथ भएको यो विवाह समारोहलाई भने सबैले स्विकार गरे ।

