लगानीको वातवारण बनाउन प्रदेश सरकार तयार
हेटौंडा, ९ बैशाख/ प्रदेश तीनको सरकारले लागनीको वातवरण बनाउनका लागि प्रदेश सरकार तयार रहेको जनाएको छ । आइतबार लगानी बोर्डको आयोजनामा भएको लगानी सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले लागनीको वातावरण बनाउन नीतिगत समस्या समाधान गर्ने प्रतिवबद्धता जनाए । ‘प्रदेश समृद्धिको आधार नै औद्योगिक विकास हो,’ उनले भने,‘औद्योगिक विकासका लागि देखिएको नीतिगत समस्याहरु हामी सम्बोधन गछौं । लगानीमत्रै नीति बनाउन हामी लागि परेका छौं ।’ औद्योगिक विकासका लागि उद्योगीहरुसँग छलफल भइसकेको भन्दै उनले औद्योगिक विकासका लागि सहकार्य गर्ने बताए । औद्योगिक क्षेत्रको समस्याको पहिचान भइसकेको भन्दै उनले प्रदेश सरकारको नीति तथा कार्यक्रमले ती विषयहरु सम्बोधन गर्ने बताए । ‘औद्योगिक क्षेत्रहरुमा उद्योगीहरुबाट पनि विकृतिहरु पर्याप्त देखिएको छ,’ उनले भने,‘सरकारले आफ्नो तर्फबाट औद्योगिक विकासका लागि कुनै कसर बाँकी राख्दैन । उद्योगीहरुले पनि समस्या समाधान तर्फ केन्द्रित हुनु पर्छ । विकृति हटाउन उद्योगीहरुले पनि काम गर्नु पर्छ ।’ औद्योगिक लगानीको वातावरण तयार गर्दै उद्योगहरु दीर्घकालसम्म चलाउने गरी काम गरिने उनले बताए । कर छुटको विषयमा पनि प्रदेश सरकारले सोच बनाएको भन्दै मापदण्ड बनाएर अघि बढ्ने बताए ।
प्रदेशमा लगानी भिœयाउनका लागि लगानी बोर्डसँग सहकार्य गरेर काम गर्न प्रदेश सरकार तयार रहेको मुख्यमन्त्री पौडेलले बताए । ‘हामीले लगानी बोर्डसँग छलफल गर्ने तयारी गरिरहेका थियौं,’ उनले भने,‘अब हामी रणनीतिक योजनासहित छलफल गर्नेछौं । लागनी बोर्डले पनि सहजीकरण गर्नेमा म विश्वस्त छु ।’ प्रदेश सरकारको प्राथमिकता तयार गरी बाह्य लगानी प्रदेशमा भिœयाउने वातावरण तयार रहेको मुख्यमन्त्री पौडेलले आश्वस्त पारे । कार्यक्रममा बोल्दै प्रदेश तीनका प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले लागनीको वातावरण प्रदेश तीनमा पर्याप्त रहेको दावी गरे । लागनी आकर्षित गर्ने गरी योजना बनाउन प्रदेश सरकारलाई आग्रह गर्दै उनले प्रतिपक्षिको तर्फबाट आफूले सक्दो सहयोग गर्ने आश्वासन दिए । कार्यक्रममा बोल्दै उद्योग वाणिज्य महासंघ प्रदेश तीनका अध्यक्ष दिनेश श्रेष्ठले औद्योगिक लगानीका लागि वातावरण तयार गर्न लगानी बोर्ड र प्रदेश सरकारलाई आग्रह गरे । उद्योगीहरुको समस्या समाधानका लागि सरकारले काम गर्नु पर्ने भन्दै उनले झण्झटिलो व्यवस्थाको अन्त्य गर्न पनि आग्रह गरे ।
प्राथमिकता निर्धारण गर्नुस्ः लगानी बोर्डलगानी बोर्डले प्रदेश तीनको
सरकारलाई आफ्नो मुख्य प्राथमिकता निर्धारण गर्न आग्रह गरेको छ । ‘प्रदेश तीनको ठूला आयोजनाहरुलाई लगानी बोर्डले प्रवद्र्धन गर्छ,’ आइतबारको कार्यक्रमलाई सहजीकरण गर्दै लगानी बोर्डका प्रमुख कार्यकारी महाप्रसाद अधिकारीले भने,‘हामीले लगानीको लागि आह्वान गर्न सक्छौं । तपाईंहरुको महत्वकांक्षि आयोजनाहरुलाई लगानीकर्ताको खोजी गर्न हामी सहयोग गछौं ।’ लगानी बोर्डले १३ वटा आयोजना मात्रै हेरिरहेको भन्दै उनले १० अर्ब भन्दा बढीको लगानी बोर्डमार्फत अघि बढ्ने जानकारी गराए ।
लगानी बोर्डले प्रदेश सरकारलाई तीन वटा सुझाव तत्काल कार्यान्वनय गर्न आग्रह गरेको छ । प्रदेशस्तरमा लगानी सम्बन्धी सशक्त संरचना वा बोर्ड गठन गर्न आग्रह गर्दै अधिकारीले उक्त संरचनामार्फत लागनीकर्ताहरुसँग समन्वय गर्न सहज हुने बताए । त्यस्तै, लगानी प्रवद्र्धनको प्याकेज बनाउन आग्रह
गरिएको छ । उक्त प्याकेजमा लगानीको क्षेत्र, सुरक्षा, सुशासन जस्ता विषयहरु समेटिनु पर्ने भन्दै उनले यसले बाह्य लगानीका लागि आवश्यक वातावरण तयार गर्ने बताए । तेश्रो सुझाव लगानी योग्य क्षेत्रहरु पहिचान गर्नुपर्ने बताइएको छ ।
प्रदेश सरकारले बाह्य लगानी आकर्षित गर्ने गरी परियोजनाहरु छनोट गरेमा लगानी बोर्डले लगानीकर्ताहरुसँग समन्वय गर्न सक्ने अधिकारीले बताए । ‘हामीले प्रस्तुत गरेको यी तीन सुझावहरु शीघ्र कार्यान्वयन गर्नुस्,’ प्रदेश सरकारलाई आग्रह गर्दै अधिकारीले भने,‘लगानी बोर्डले आवश्यक समन्वय गर्नेछ ।’ लगानी बोर्डले देशका सातै प्रदेशलाई तीन वटा प्राथमिकता दिनु पर्ने योजना ल्याउन आग्रह गरेको जानकारी दिँदै अधिकारीले सातै प्रदेशबाट आउने २१ योजनाहरुलाई आवश्यक लगानी जुटाउने काम लगानी बोर्ड मार्फत हुने बताए । लगानी बोर्डले आयोजनाको प्रवद्र्धनका लागि सहयोग गर्ने उनले बताए ।
यता, लगानी बोर्डको सुझावलाई प्रदेश सरकारले कार्यान्वयन गर्ने प्रदेश तीनका मुख्यमन्त्री डोरमणि पौडेलले
बताए । प्रदेश तीनको सरकारले आफ्नो प्राथमिकताका योजनाहरु पेश गर्ने भन्दै उनले आर्थिक वृद्धिका दृष्टिले प्रभावकारी हुने योजनाहरुको विषयमा छलफल हुने बताए ।
उनले तीन वटा प्राथमिकता प्राप्त आयोजनाहरुको विषयमा लगानी बोर्डलाई जानकारीसमेत गराए । ‘हाम्रो प्राथमिकता प्राप्त पहिलो आयोजना जलविद्युत सम्बन्धी हुनेछ,’ उनले भने,‘हामीले पर्यटनलाई दोश्रो प्राथमिकतामा राखेका छौं । सुरुङ् मार्ग हाम्रो तेश्रो प्राथमिकतामा छ । हामीले प्रदेश तीनको समग्र विकास हुने तीन आयोजनाहरु तत्काल निर्माण गर्ने तर्फ केन्द्रित हुनु पर्छ ।’ काठमाडौं–हेटौंडा जोड्ने सुरुङ् मार्गको महत्वबारे प्रष्ट पार्दै उनले यो आयोजनामा लगानी भिœयाउन जरुरी रहेको बताए । ठूलो जलविद्युत आयोजना र पर्यटन प्रवद्र्धनका लागि पनि हामीले योजना बनाउनेछौं । हामी लगानी भिœयाउने विषयमा गम्भीर छौं ।
लगानी बोर्डले प्रदेश सरकारले काम गर्न सक्ने केही क्षेत्रहरु पनि औंल्याएको छ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, सौर्य उर्जा, धार्मिक पर्यटन, खेलकुद तथा शिक्षा, प्राविधिक शिक्षालय, उत्तर–दक्षिण आर्थिक करिडोर, होटल, स्वस्थ्य क्षेत्रलगायतमा लागनी गर्न सकिने लगानी बोर्डले जनाएको छ । त्यस्तै काठमाडौं–कुलेखानी सुरुङ मार्ग, केरुङ–काठमाडौं रेल मार्ग, बुढीगण्डकी हाइड्रो, काठमाडौं मेट्रो रेल, गोसाइकुण्ड केबलकार, बीरगञ्ज–काठमाडौं रोप–वेलगायतका योजनाहरु प्रदेश तीनको रणनीतिक योजना हुन सक्ने लगानी बोर्डले जनाएको
छ ।
