Header Ads


शुल्क बृद्धि विरुद्ध विद्यार्थी संगठन

हेटौंडा, ९ बैशाख/ मकवानपुर जिल्लाका ४ वटै विद्यार्थी संगठनले नीजि तथा सामुदायिक विद्यालयहरुले विद्यार्थी भर्नामा गरेको शुल्क बृद्धिको विरोध गरेका छन् । 
आइतबार पत्रकार सम्मेलन गर्दै नीजि तथा सामुदायिक विद्यालयहरुले मनोमानी ढ·बाट गरेको शुल्क 
निर्धारणको विरोध जनाउँदै ४८ घण्टा विद्यालयमा भर्ना तथा आर्थिक गतिविधि बन्द गर्न अनुरोध समेत गरेका छन् । 
निर्देशिका बमोजिमको मापदण्ड पूरा गर्दै शुल्क निर्धारण गर्नुपर्ने, विद्यालय हाताभित्र शिक्षा बाहेकका अन्य शैक्षिक सामग्रीको ब्यापार बन्द गर्नुपर्ने, सरोकारवालाहरुसँग सल्लाह गरि छात्रबृत्ति व्यवस्थापन गर्नुपर्ने र शिक्षकहरुमाथीको श्रमशोषणको कारणले शिक्षामा आएको ह्रासलाई न्युनिकरण गर्दै सरकारी सेवा सुविधा प्रदान गर्नुपर्ने लगायतका मागहरु विद्यार्थी संगठनले राखेका छन् । मागलाई वेवास्ता गरे कडा आन्दोलनको कार्यक्रम सार्वजनिक गरिने विद्यार्थी संगठनहरुले चेतावनी दिएका छन् ।नेपाल विद्यार्थी संघ मकवानपुरका अध्यक्ष राजु खतिवडाको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनका जिल्ला संयोजक किसन घिसिङ, राष्ट्रिय प्रजातन्त्र पाटी विद्यार्थी संगठनका जिल्ला अध्यक्ष प्रकाश चौलागाई, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीका जिल्ला अध्यक्ष दिनेश सुवेदीलगायतकाको उपस्थिति रहेको थियो । 
Powered by Blogger.