Header Ads


प्लाष्टिक प्रदूषण रोकौँ

अप्रिल २२ का दिन हरेक वर्ष पृथ्वी दिवस मनाइन्छ । पृथ्वी सबैको साझा हो र यसको संरक्षणका लागि सबैको भूमिका हुनु पर्छ भन्ने उद्देश्यका साथ यो दिवस मनाउने गरिएको हो । यो वर्षको पृथ्वी दिवसको नारा ‘प्लाष्टिक प्रदूषणलाई राकौँ’ भन्ने थियो । प्लाष्टिकजन्य वस्तुहरुका कारण बढ्दो प्रदुषणले पृथ्वीमा पारेको असरको विषयमा ध्यानाकर्षण गराउने उद्देश्यले यो नारा तय गरिएको हो । 
हाम्रो दैनिक जीवनमा अत्यावश्येक वस्तुको रुपमा प्लाष्टिक पर्दछ । निर्माण गर्न सजिलो, कम लागत र किन्दा पनि सस्तो पर्ने भएकाले यसको प्रयोग बढ्दो छ । हामीले दैनिक प्रयोगमा ल्याउने बस्तुहरुमा प्लाष्टिकको प्रयोग छ ।  प्लाष्टिकको उपयोगिता जति छ यसको असर त्यो भन्दा बढी देखिन्छ । कतिपय प्लाष्किजन्य एक पटक प्रयोग गरिसकेपछि पुनः प्रयोग गर्न सकिन्न । तर, प्रयोग गरिसके पछिको व्यवस्थापन जटिल छ । प्लाष्टिक नकुहिने पदार्थ हो । र यो बाल्दा हानिकारक ग्याँस निस्कन्छ जुन मानव स्वास्थ्यका लागि निकै हानिकारक मानिन्छ । प्लाष्टिकको प्रयोग बढेसँगै यसको प्रदुषण पनि बढ्दो छ । प्लाष्टिकलाई जलाउँदा विभिन्न प्रकारका हानिकारक ग्याँसहरु निस्कन्छन्। त्यसैले प्लाष्टिकको निर्माण कम गरेर प्रयोग गर्न मिल्ने खालका प्लाष्टिक प्रयोग गर्न सक्नुपर्छ । प्लाष्टिकको प्रदूषण कम गर्नका लागि हामीले सकेसम्म प्लाष्टिकको प्रयोग नगर्ने। गरिहाले पनि पुनः प्रयोग गर्न मिल्ने खालका प्लाष्टिक प्रयोगमा जोड दिनु आवश्यक छ ।
सरकारले पनि प्लाष्टिक जन्य पदार्थहरुको प्रयोगमा रोक लगाउने गरी नीति ल्याउनु पर्छ । हामीले दैनिक उपभोग गर्ने सामाग्रीहरु प्लाष्टिकमा नै ल्याउँछौं । यसका लागि प्लाष्टिक झोला विस्थापन गर्दै बैकल्पिक व्यवस्थापनका लागि जनतालाई जागरुक बनाउनु पर्छ । जनताको स्वस्थ्यमा गम्भीर असर पर्ने प्लाष्टिकको प्रयोगलाई निरुत्साहित गर्दै जानु पर्छ । यसका लागि जनचेतना आवश्यक । विद्यालय तहदेखि नै प्लाष्टिक जन्य पदार्थको उपयोगको विषयमा सचेतना जगाउने हो भने परिवार तहसम्म सहजै पुग्छ । यसले परिवारले गर्ने प्रयोगमा कमि ल्याउन मद्दत पुग्छ । प्लाष्टिक व्यवस्थापनमा पनि विशेष सावधानि अपनाउनु पर्छ । पृथ्वी हामी सबैको साझा हो । साझा पृथ्वी बचाउका लागि हामीले नै भूमिका निर्वाह गर्नु पर्छ । 
Powered by Blogger.