नयाँ वर्ष २०७५
![]() |
| मधुसुदन अधिकारी |
२०७४ ले देशमा यूगन्तकारी परिवर्तन गरेर आफ्नो इतिहास लेख्न सफल रह्यो साधुवाद २०७४ लाइ । सबभन्दा महत्व पूर्ण कार्य नयाँ बनेको संविधानको कार्यान्वयन त्यो पनि सफल कार्यान्वयन गर्ने वर्षको रुपमा रह्यो २०७४ । नेपालको राजनैतिक इतिहासमा दुइसय पचास वर्षदेखिको सामन्ती निरंकुसतालाई सदा सदाको लागि अन्त्य गर्दै संघियतामा देशको शासन संचालनमा सफलता प्राप्त गरेरै छोड्यो । २०७४ ले २०४५÷०४६ को जनआन्दोलन पश्चात प्राप्त प्रजातन्त्रलाई सधैँभरी टुट फुट र राजनैतिक भागवण्डाको समयको रुपमा आपसी कलहका कारण मुलुकले ठूलो क्षती व्यहोरेको यूगको रुपमा लिने गरिएको हुदाँ नेपालको संविधान २०७२ ले व्यवस्था गरेको तर कार्यान्वयनको जटिलता कायमै रहेको सन्दर्भलाई २०७४ को दलिय टुटफुटबाट माथी उठेर संयूक्त मोर्चा बन्दीको विकास गरायो, एकअपासको गुट उप गुटको अवस्थाबाट दुइदल अथवा दलहरु बिचको एकताको वर्षको रुपमा आफूलाई स्थापित गरायो २०७४ ले । तसर्थ राजनैतिक एकताको वर्षको रुपमा २०७४ लाई लिन सकिन्छ ।
विगत लामो समय देखि देश आन्दोलन–आन्दोलन अनि आन्दोलनको मात्रै चपेटामा थियो । कुनै पनि निकायमा जनप्रतिनिधिहरु थिएनन किनभने २०६२÷०६३ पश्चात देश आन्तरिक संविधानको भरमा चलेकोले जताततै अस्थिता असहजता, दलिय भागवण्डा, आफू केन्द्रीत मनोनयनले परिपाटी, विकृति–विसंगतिले चरम रहेको सन्दर्भलाई स्थानीय तहको निर्वाचन मार्फत स्थानीय तहमै जनप्रतिनिधि प्राप्त गर्न सफल रह्यो फलस्वरुप केन्द्रकृत शासन अवस्थाबाट स्थानीय रुपमै आफ्ना प्रतिनिधि मार्फत शासन संचालनको सु–अवसर दिलायो २०७४ ले ।
त्यसैगरी संघिय निर्वाचन मार्फत स्थानीय प्रदेश सरकार संघिय सरकारको अवधारणामार्फत मुलुक जनप्रतिनिधिहरुबाट शासित बनायो र शासनको बागडोर जनप्रतिनिधिको हातमा सुम्पने कार्य यसै सयममा भयो, यसैवर्ष ०७४ मा भयो । तसर्थ वर्ष २०७४ सफल वर्ष एकताको वर्ष जनअनुकुलको वर्ष अनि निर्वाचन वर्ष र नेपालको संविधान २०७२ को सफल कार्यान्वयनको वर्षको रुपमा इतिहासमा दर्ज भयो । नेपाल र नेपाली जनताले आशा र विश्वास गरेको वर्षको रुपमा २०७४ रह्यो र हामी माझ विदा भयो । तसर्थ सबै नेपालीको तर्फबाट विदाइ भैसकेको २०७४ लाइ अलबिदा ।
अब हाम्रो आँगनमा २०७५ को आगमन भैसकेको छ । सबै नेपालीले यसलाई स्वागत गरिसकेका छौँ र ठूलो अपेक्षासहित स्वागत गरेका छौँ । सर्वप्रथम नवर्ष २०७४ जुट र एकताको वर्ष बनोस किनभने नेपालको राज नैतिक इतिहास सधैँभरी टुक्रा टुक्र्रीमा विभक्त भएर आफू केन्द्रीत राजनीति गर्ने परिपाटी छ । चाहे बामपन्थी चल चाहे प्रजातान्त्रिक चाहे पूर्व पंचहरु हुन, चाहे मधेश केन्द्रीत दल सामान्य भन्दा सामान्य विषयमा विवाद झिकेर टुक्रिने र मनकेन्द्रीत राजनीति गर्ने परिपाटीलाइ यस नयाँ वर्षले सदा सदाको लागि अन्त्य गरोस ।
सरकार संचालनमा विभिन्न दलहरुमा भागवण्डा चल्ने, चाहे मन्त्रालयको भागवन्डा, चाहे अन्य महत्वपूर्ण पदहरुको राजनैतिक नियूक्तिको भागवण्डा, दलिय, भागवण्डालाइ आधारमान्ने परिपाटीले योग्यता र क्षमतालाइ समेत ओझेलपार्ने परिपाटी रहेको सन्दर्भमा २०७५ यी र यस्ता गतिविधिको अन्त्य गर्न सफल
बनोस् । यसका साथै नयाँ वर्ष २०७५ समस्त नेपाल र नेपाली जनताको आशा र भरोसा बनेको सम्वृद्ध नेपाल र सुखी नेपाली हुने रहर पूरा गर्न सकोस यी नै आशा र भरोसाका साथ समस्त नेपाली जनताले नयाँ वर्ष २०७५ लाई स्वागत गरेका छन् ।
यसै सन्दर्भमा नयाँ वर्ष २०७५ को अवसरमा समस्त पाठकहरुमा शुभचिन्तक, सुवेच्छुकहरुमा, तमाम तह र तप्काका जनसमुदाय पेशाकर्मी, वुद्धिजीवि पत्रकार मित्रहरुमा नयाँ वर्ष २०७५ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । यो वर्ष सबै तह र पेशाकर्मीहरुको उन्नती र प्रगतिको वर्ष बनोस हार्दिक शुभकामना ।

