Header Ads


स्मरण शक्तिमा अब्बल अर्पण हेटौंडा आउँदै

हेटौंडा, १७ जेठ/एक मिनेटमा ४२ शब्दका क्रम स्मरण गरी विश्व किर्तीमान बनाउन सफल नेपाली युवा हेटौंडा आउने भएका छन् ।
गिनिज बुक अफ दि वल्र्ड रेकर्डमा नाम लेखाउन सफल अर्पण शर्मा हेटौंडा आउन लागेका हुन् । यही जेठ २० गते हेटौंडाको ब्राम्ही एजुकेशन एकेडेमी र काठमाडौंको इएनपी मल्टीप्रपोज प्राइभेट लिमिटेडको संयुक्त आयोजनामा हुन लागेको स्मरणशक्ति अभिवृद्धि तथा प्रशिक्षण कार्यक्रममा सहभागीहरुलाई सम्बोधन गर्न शर्मा हेटौंडा आउन लागेका हुन् ।
शर्माले जेठ २० गते शनिबार हेटौंडामा रहेका सोलिड्यारीटी इन्टरनेशनल बोर्डिङमा हुने सेमिनारमा सहभागीहरुलाई  सहजीकरण गर्ने ब्राम्ही एजुकेशन एकेडेमीका सञ्चालक अयोध्या भट्राईले जानकारी दिए । सेमिनारले विद्यार्थी, लोकसेवा तथा कुनैपनि परीक्षामा सहभागी प्रशिक्षार्थीहरुलाई लाभ प्रदान गर्नुका साथै एकाग्रता शक्ति बढाउन,
स्मरण शक्ति बढाउने वैज्ञानिक तरिका, गणितका जटिल शुत्र तथा वैज्ञानिक शब्दहरु, मोवाइल नम्बर, लाइसेन्सनम्बर, अÇठ्यारा ऐतिहासिक घट्नाको मिति सजिलै सम्झन सक्ने सुत्रका बारेमा ज्ञान प्रदान गरीने भट्टराईले जानकारीदिए ।
Powered by Blogger.