मकवानपुर रिकभरिङलाई सहयोग
हेटौंडा, २७ जेठ/ मकवानपुर रिकभरिङ समूहलाई शनिबार सहयोग प्राप्त भएको छ ।
हेटौडा १ निवासी होटल हेटौडा हाईटका सञ्चालक अमीर डंगोल र उनको परिवारद्वारा संस्थामा उपचाररत युवाहरुलाई ३५ थान टिसर्ट सहयोग गरिएको थियो । समूहमा प्राप्त भईरहेको यस प्रकारको सहयोगले समूहलाई आगामी दिनहरुमा थप कार्य गर्ने हौसला प्राप्त भएको मकवानपुर रिकभरिङ समूहका सचिव सन्दिप शाक्यले बताए । कार्यक्रममा बोल्दै डंगोलले आगामी दिनमा पनि यस्तै सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । समूहका अध्यक्ष दिपु तामाङको सभाध्यक्षतामा भएको टिसर्ट हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष हरि हुमागाई, विभिन्न संघ संस्थाका प्रतिनिधि र पत्रकारहरुको सहभागिता रहेको थियो । वि.सं. २०७० कार्तिक १५ गते स्थापना भएको समूहमा अहिले ३५ जना लागुपदार्थ दुव्र्यसनीबाट मुक्त हुन चाहाने युवाहरुले सेवा लिईरहेका छन् ।