Header Ads


परिवर्तन सम्वाद सञ्जालमा विकको नेतृत्व

हेटौंडा, २७ जेठ/ हेटौंडा–१८ मा रहेको समाज परिवर्तन किशोरकिशोरी तथा एनिमेटर सम्वाद सञ्जालको संयोजकमा मनिष विक चयन भएका छन् ।
शनिबार भएको भेलाले विकको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । नेपाल ग्रामीण पुनर्निर्माण सस्था (आरआरएन) को सहयोग र सहजीकरणमा सञ्चालन भैरहेको सञ्जालको  सहसंयोजकमा सुष्मिता तितुङ, सचिवमा सुरेन्द्र विक, सहसचिवमा प्रजिता बम्जन, कोषाध्यक्षमा प्रतिक्षा श्रेष्ठ तथा सदस्यमा सम्झना माल्बुले, अञ्जु थोकर, कुसुम लोप्चन, रमिला थिङ, पुजना घोरासैनी, उषा भण्डारी, कमला विक, सृजना घलान, अजित घलान, सञ्जु गोङ्बा, निश्चल पन्त रहेका छन् । यस्तै सञ्जालको क्षमता अभिबृद्धि उपसमितिमा रासिक थापा, प्रशान्त हुमागाई र सलोन सन्जेल रहेका छन् भने मनोरञ्जन तथा खेलकुद उपसमितिमा उपेन्द्र जिम्बा, शुन्दर न्यौपाने र सञ्जय बोम्जन रहेका छन् । सञ्जाल संयोजक संगीता बिसुङ्खेको अध्यक्षता तथा वडा अध्यक्ष अनिलकुमार बानियाँको प्रमुख आतिथ्यतामा भएको भेलामा गैसस महासंघ मकवानपुर सहसचिव दीपेन्द्र पाठक, पत्रकार महासंघ मकवानपुर सचिव गणेशदर्पण अधिकारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । प्रमुख अतिथि वडाध्यक्ष बानियाँले बालबालिका एवम् युवाको क्षेत्रमा नयाँ सामाजिक कार्यक्रमहरु गर्ने योजना ल्याउन अनुरोध गर्दै सहयोगको लागि तयार रहेको बताए । ‘सानै उमेरदेखि सामाजिक भावनाका साथ आफ्नो हकअधिकारको क्षेत्रमा लागेको पाएँ खुसी लागेको छ’, उनले भने, ‘काम राम्रो हुनुप¥यो, बजेट सही ठाउँमा सदुपयोग हुनुप¥यो मिल्ने सम्मको सहयोग हुनेछ ।’ शर्मिला माल्बुले, सुष्मिता तितुङलगायतले सञ्जालको माध्यमबाट भएको सीप र आयाअर्जनको विषयमा जानकारी गराएका थिए ।
आरआरएनका सुपरभाइजर राजेन्द्र लामाका अनुसार सन् २०११ देखि मकवानपुरमा आयाअर्जन, सशक्तीकरण र पैरवीको क्षेत्रमा संस्थाले काम गरिरहेको छ । भेलामा आरआरएनका रबिन भण्डारीलगायतको आतिथ्यता थियो ।
Powered by Blogger.