Header Ads


रोशनी पुस्तकालयलाई फोहोरदानी

हेटौंडा, २७ जेठ/ नवोदय शिशु सदनले हेटौंडा–४ मा रहेको रोशनी पुस्तकालयलाई दुई थान फोहोरदानी हस्तान्तरण गरेको छ ।
वातावरण संरक्षण सचेतना सप्ताह कार्यक्रमको अन्तिम दिन शनिबार विद्यालयले पुस्तकालयलाई दुई थान फोहारदानी हस्तान्तरण गरेको विद्यालयका निर्देशक दिपेश जोशीले जानकारी दिए ।  रोशनी पुस्तकालयका अध्यक्ष संगीत श्रेष्ठलाई फोहोरदानी हस्तान्तरण गरिएको हो । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सोमबार वातावरण प्रहरी बनाई पैदलयात्रीलाई सचेतना कार्यक्रम गरिएको थियो भने बुधबार र विहीबार विभिन्न स्थानमा सडक नाटक प्रस्तुत गरिएको
थियो । विहीबार नै लक्ष्मी आधारभूत विद्यालय र श्रदेवी आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई कागजको पुनः प्रयोगका बारेमा जानकारी गराइएको थियो ।
Powered by Blogger.