Header Ads


पशुधन संरक्षणमा पुनः खतिवडा

हेटौंडा, जेठ २७/ नारायणी दुग्ध उत्पादक सहकारी संस्था हेटौंडा– ६ हात्तिलेटको पशुधन संरक्षण उप समितिमा पुनः वेदप्रसाद खतिवडा चयन भएका
छन् ।
शनिवार भएको पशुधन संरक्षण उप समितिको ५ औं वार्षिक साधारण भेला तथा अधिवेशनबाट खतिवडा सर्वसम्मत चयन भएका हुन् । त्यसैगरी, भेलाले उपाध्यक्षमा शिवप्रसाद चौलागाईं, कोषाध्यक्षमा शङ्कर लम्साल, सदस्य सचिवमा राजु नेपाललाई चयन गरेको छ । समितिको सदस्यहरुमा किर्तिमान श्रेष्ठ, घनश्याम सापकोटा, विष्णुप्रसाद सापकोटा, महिला सदस्यमा टिकादेवी सापकोटा र विना भुजेल चयन भएको संस्थाको पशु प्राविधिक एवम् पशुुधन संरक्षण उपसमितिका सदस्य सचिव राजु नेपाले जानकारी दिए ।    
कार्यक्रममा  संस्थाका बृद्ध शेयर सदस्य ९६ वर्षीय गोकुल गौतम, उत्कृष्ट गाई पालक किसानमा रजनी गौतम र उत्कृष्ट गोठ निर्माण गरी पशुपालन गरेकोमा खडानन्द सापकोटालाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो । पशुधन संरक्षण उपसमितिका अध्यक्ष वेदप्रसाद खतिवडाको सभाध्यक्षतामा भएको कार्यक्रममा कृषि विकास बैंक हेटौंडाका ऋण अधिकृत नुरप्रसाद गौतमको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नारायणी दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष शिवप्रसाद सञ्जेल, चेतनशिल दुग्ध उत्पादक सहकारी संस्था, वनदेवी दुग्ध उत्पादक सहकारी संस्था, वंशगोपाल दुग्ध उत्पादक सहकारी संस्थाका प्रमुख एवम् प्रतिनिधिको उपस्थिति रहेको थियो ।
Powered by Blogger.