पालुङमा नेपालको पहिलो कृषि विज्ञान केन्द्र
हेटौंडा, २७ जेठ/उत्तरी मकवानपुरको पालुङस्थित ओखर बजारमा कृषि विज्ञान केन्द्र स्थापना गरिएको छ ।
कृषि तथा वन विश्व विद्यालयअन्तर्गतको कृषि विज्ञान केन्द्रको शनिबार एक कार्यक्रमकाबीच विश्व विद्यालयका रजिष्ट्रार मनराज कोलाछ्यपतिले उद्घाटन गरेका हुन् । विश्व विद्यालयका रजिष्ट्रार
कोलाछ्यपतिले नेपालको पहिलो कृषि विज्ञान केन्द्र भएको बताउँदै स्थानीय जनतालाई यसको अपनत्व ग्रहण गर्न आग्रह गरे ।
कार्यक्रममा सांसद सुभासचन्द्र ठकुरीले कृषि तथा वन विश्व विद्यालयअन्तर्गत वन संकाय हेटौँडामा स्थापना भएपनि मकवानपुरको राजनीतिक पार्टीहरुले सहयोग नगरेको बताउँदै उत्तरीक्षेत्रमा कृषि कलेज स्थापनाको माग गरे । विश्वविद्यालयको अनुसन्धान तथा प्रसार निर्देशनालयका निर्देशक प्राध्यापक मनराज देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा विश्वविद्यालयको वन संकायका डिन डाक्टर बलराम भट्ट, कृषि संकाय डिन जयप्रकाश दत्त, पशुविज्ञानका डिन शारदा थपलिया, थाहा नगरपालिका वडा नम्बर १ का अध्यक्ष हेरमान गोपाली, थाहा उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्री, झम्केश्वरी मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्म प्रधान, प्रधानाध्यापक उद्धव आचार्यलगायतले कृषि विज्ञान केन्द्र स्थापना भएको प्रति खुसी व्यक्त गर्दै यसले कृषि क्षेत्रको अध्ययन अनुसन्धान गर्न चाहनेलाई सघाउ हुने धारणा राखे ।
सोही सन्दर्भमा बालीरोग तथा माटो शिविर पनि भएको छ ।