Header Ads


मृगौला पीडितलाई कतारबाट सहयोग

हेटौंडा, १० जेठ/रोजगारीको शिलशिलामा कतार पुगेका हेटौंडा–७ नागस्वतीका युवाहरुले मृगौला पीडितलाई सहयोग गरेका छन् ।
कतारमा रहेको नवयुवा नागस्वती समूहले नागस्वतीको एक महिलालाई ५६ हजार २५ रुपैँया सहयोग गरेका हुन् । ४३ वर्षीया मृगौला पीडित लक्ष्मी स्याङ्तानको घरमा एक कार्यक्रमको आयोजना गर्दै नवयुवा नागस्वती समूहका सचिव अनुप बस्नेतले नगद हस्तान्तरण गरेका हुन् । नगद हस्तान्तरण कार्यक्रममा समूह दोहा कतारका सदस्य दिनेश थापा, सञ्चारकर्मी गोकुल अधिकारी, चन्द्र घलान, स्थानीय समाजेसेवीहरु लगायतको उपस्थिति रहेको थियो ।
Powered by Blogger.