Header Ads


हेटौँडामा शैक्षिक मेला

हेटौंडा, १० जेठ/शैक्षिक गन्तव्यको रुपमा उदाउँदै गरेको हेटौँडामा अभियान मल्टिमिडियाले शैक्षिक मेला गर्ने भएको छ ।
विदेश अध्ययनमा जाने विद्यार्थी र स्वदेशकै कलेजमा अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्षित गरी मेलाको आयोजना गर्न लागिएको अभियान मल्टिमिडियाका अध्यक्ष मिन अधिकारीले जानकारी दिए । मेलामा हेटौडाबाट शैक्षिक परामर्श सेवा दिँदै आएका कन्सल्टेन्सी तथा हेटौँडामा संचालित कलेजहरुको सहभागिता रहने अधिकारीले जानकारी दिए । करिब ४० वटा स्टल रहने मेला २ दिनसम्म चल्ने छ । आगामी जेठ १९ र २० गते सम्पन्न हुने मेलाबाट विद्यार्थीले वैदेशिक अध्ययनसँग सम्बन्धित विस्तृत जानकारी लिने अवसर पाउने उनको भनाई रहेको छ ।
स्वदेशी कलेजले दिने शिक्षाका बारेमा पनि विद्यार्थी अनभिज्ञ रहने गरेको तथा अध्ययन गर्नका लागि राजधानी नै जानुपर्छ भन्ने मान्यतालाई  चिर्नका लागि राजधानी बाहिर मेला गर्न लागिएको हो ।
हेटौँडालाई राष्ट्रिय शैक्षिक गन्तव्यका रुपमा स्थापित गर्नका लागि मेला फलदायी हुने आयोजकको विश्वास छ ।
Powered by Blogger.