एमालेका महत र लामा भए हेटौंडाको मेयर उपमेयर
हेटौंडा, १० जेठ/हेटौंडा उपमहानगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
बुधबार सकिएको अन्तिम मत गणना अनुसार नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनका उम्मेदवारलाई पछि पार्दै एमालेका हरिबहादुर महत मेयर पदमा र मीना लामा उपमेयर पदमा निर्वाचित भएका हुन् । हेटौंडाको ११ नम्बर वडाको अन्तिम मतगणनापछि उनीहरु मेयर र उपमेयरमा निर्वाचित भएको घोषणा गरिएको हो ।
मेयरमा महतले ६ सय १५ मतले गठबन्धन (काँग्रेस) का आनन्दराम पराजुलीलाई पराजित गरेका हुन् । विजयी महतले २३ हजार १ सय २४ मत प्राप्त गर्दा पराजुलीले २२ हजार ५ सय ९ मत प्राप्त गरेका थिए । उपमेयरमा लामाले काँग्रेस–माओवादी गठबन्धन (माओवादी केन्द्र) का बलराम बललाई ६ हजार ४ सय २५ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् । लामाले २३ हजार ४ सय ३६ र बलले १७ हजार ११ मत प्राप्त गरेका थिए । राप्रपाको तर्फबाट हेटौंडाको मेयर पदका उम्मेदवार मधुकरप्रसाद अधिकारीले ६ हजार ८ सय ५७ मत प्राप्त गर्दा नयाँ शक्ति नेपाल पार्टी र संघीय समाजवादी फोरम नेपालको गठबन्धनका उम्मेदवार शुभरत्न गोलेले एकहजार १ सय ६ मत प्राप्त गरे भने उपमेयरमा राप्रपाका उम्मेदवार ईन्दिरा न्यौपानेले ७ हजार ७ सय २ र नयाँ शक्ति–संघीय समाजवादी गठबन्धनको तर्फबाट उपमेयरका उम्मेदवार पुनम खतिवडा भट्टराईले एकहजार १ सय ५३ मत प्राप्त गरेकी थिइन् ।
मेयरमा विभिन्न राजनीतिक दलका र स्वतन्त्र उम्मेदवार समेत गरी १५ जना चुनावी प्रकृयामा सहभागी भएका थिए भने उपमेयरमा १२ जना चुनावी प्रकृयामा सहभागी थिए । मेयर पदमा ७ हजार ५ सय ८२ मत बदर भएको थियो । हेटौंडा उपमहानगरको मेयर पदको लागि निकै प्रतिष्पर्धा देखिएको थियो । गठबन्धन र एमालेका उम्मेदवारले पालैपाले जसो अग्रता लिँदै आएका थिए । हेटौंडाको १९ वडामध्ये एमालेले १२, काँग्रेसले ५ र माओवादी केन्द्रको २ वटा वडा अध्यक्ष पदमा जित हाँसिल गरेको छ । एमालेले २, ३, ४, ७, ८, ९, १०, ११, १३, १७, १८ र १९ नम्बरमा जित्दा काँग्रेसले १, ५, ६, १५ र १६ नम्बर वडा जित्यो भने माओवादीले १२ र १४ नम्बर वडा जितेको हो ।