को हुन् महत ?
हरिबहादुर महत वि.सं २०१६ चैत्र २० गते बुबा रमेशबहादुर महत र आमा पदमकुमारी महतको माईलो
छोराको रूपमा जन्मिएका हुन् । खास नाम हरिबहादुर भएपनि उनलाई धेरैले हरिबोल भनेरै चिन्छन् । खेल क्षेत्र र हेटौंडाका युवामाझ लोकप्रिय रहेका महतले यसअसघ दुई पटक हेटौंडाको उपमेयर भएर काम गरिसकेका छन् ।
विभिन्न खेल संग सम्बन्धित उनी मकवानपुर जिल्ला खेलकुद विकस समितिको पूर्व अध्यक्ष पनि हुन् । हेटौंडा–५ सिँचाईटोल घर भएका महत ५८ वर्षका भए । ३१ वर्षअघि तत्कालीन हेटौंडा नगर पञ्चायतको वडाध्यक्षमा निर्वाचित भएका थिए । तत्कालीन नेकपा माले हुँदै एमालेको राजनीतिमा लागेका महत दुई पटक हेटौंडाको उपमेयर भएर काम गरिसकेका छन् । वर्तमान अवस्थामा एमालेको जिल्ला सचिवालय सदस्य एवम् मकवानपुर क्षेत्र नम्बर–३ को इञ्चार्ज रहेका छन् । मध्यमार्गी र ‘सफ्टलाइनर’ को परिचय बनाएका महत एमालेका नेताहरु मध्ये छुट्टै पहिचान र विशेषता भएको नेता मानिन्छ ।
अहिलेसम्म कुनैपनि खालका विवादमा नमुछिएका उनलाई धेरै युवा एवम् खेलाडीहरुले मन पराउने गरेका छन् । हेटौंडाको मेयरमा उम्मेद्वार बन्ने क्रममा एमालेभित्रका आकांक्षीहरुबीच आन्तरिक मतदान हुँदा १६४ मा १३२ मत प्राप्त गर्दै टिकटको दावेदार बनेका थिए ।