Header Ads


चलचित्र पत्रकार दिवसमा तीनजनालाई सम्मान

हेटौंडा, ७ जेठ/चलचित्र पत्रकार दिवसको अवसरमा चलचित्र पत्रकार संघ मकवानपुर शाखाले २ पत्रकारसहित एक कलाकारलाई आईतबार हेटौंडामा सम्मान गरेको छ । 
संघले आयोजना गरेको चलचित्र पत्रकारिता सम्मान, पुरस्कार तथा कलाकारिता सम्मान समारोह कार्यक्रमकाबीच चलचित्र पत्रकारितामा लामो समयदेखि योगदान पु¥याउँदै आएका बरिष्ठ चलचित्र पत्रकार शान्तिप्रियलाई नगद ११ हजार १ सय ११ रुपियाँ सहित सम्मान गरेको हो । शान्तिप्रियलाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान–२०७४ प्रदान गरिएको हो । 
त्यसैगरी चलचित्र पत्रकारितातर्फ कपिल खड्कालाई र कलाकारिता सम्मानबाट भोलाराज सापकोटालाई नगद ५ हजार १ रुपियाँ सहित सम्मानपत्र प्रदान गर्दै दोसल्ला ओढाएर सम्मान गरिएको हो । 
चलचित्र पत्रकार संघ मकवानपुर अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा भएको कार्यक्रममा चलचित्र विकास बोर्डका सदस्य नरेन्द्र महर्जनको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाल चलचित्र संघको अध्यक्ष प्रदिपकुमार उदय, चलचित्र पत्रकार संघका केन्द्रीय निर्वतमान उपाध्यक्ष विष्णु सुवेदी, चलचित्र पत्रकार संघ दाङका अध्यक्ष ध्रवराज न्यौपाने, पत्रकार महासंघ मकवापनुरका अध्यक्ष हरि हुमागाईँ, चलचित्र पत्रकार संघ मकवानपुरका संस्थापक उपाध्यक्ष सुनिता शर्मा लुइटेल, मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष कृष्ण कटुवाललगायतको आतिथ्यता रहेको थियो । 
Powered by Blogger.