Header Ads


कान्तिराजपथमा सवारी चापमा बृद्धि

हेटौंडा, १३ असार/ नारायणगढ–मुग्लिन सडक खण्ड पहिरोको कारण अवरुद्ध भए पछि कान्तिराजपथ हुँदै चल्ने सवारीको चाप बढेको छ । पछिल्लो एक सातादेखि यो क्षेत्रमा ठूला सार्वजनिक सवारीको चाप बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
नारायणगढ मुग्लिङ सडक खण्डको कालीखोलामा पहिरो गएर सडक अवरुद्ध भएपछि मकवानपुरको कान्तिराजपथमा सवारीको चाप निकै बढेको छ । काठमाडौंबाट धादिङको नौबिसे र बल्खु हुदैं पूर्वतर्फ चल्ने लामो तथा छोटो सवारी साधानको चाप एक हप्तादेखि हेटौडा बजारमा देखिएको हो । पहिलेको तुलनामा अहिले कान्तिराजपथ हुँदै आउने जाने साना तथा ठुला सवारी साधानको संख्या दैनिक एक हजार पुगेको जिल्ला ट्राफिक कार्यालय मकवानपुर प्रमुख नबिन अधिकारीले जानकारी दिए ।
सवारी चाप बढेसँगै हेटौंडामा ट्राफिक व्यवस्थापनमा असहजता आएको अधिकारीले बताए । ट्राफिक व्यवस्थापनका लागि यस अघिकै ३४ जनाको टोलि खटिएको भन्दै अधिकारीले सवारी चापका आधारमा जनशक्ति अपुग भएको बताए । मकवानपुरको लामीडाँडा र चुनिया सिमभञ्याङको विचमा सवारीको चाप बढि हुने गरेको छ । उक्त खण्डमा साना घुम्तीहरु भएकाले त्यस क्षेत्र दुर्घटनाको उच्च जोखिममा भएकाले सावधानीपूर्वक सवारी चलाउन ट्राफिक प्रहरीले आग्रह गरेको छ ।
यसैबीच, नारायणगढ मुग्लिङ सडक खण्डको कालिखोलमा झरेको पहिरो पन्छाईएको छ । पहिरो पन्छाएसँगै अवरुद्ध भएको नारायणगढ मुग्लिङ सडकखण्ड सुचारु भएको ट्राफिक कार्यालय मकवानपुरका प्रमुख अधिकारीले जानकारी दिए ।
Powered by Blogger.