Header Ads


मोडलिङमा जम्दै हेटौंडाकी दिपीका

हेटौंडा, १६ असार/ हेटौंडाकी नृत्यङगना दिपीका शर्मा म्युजिक भिडियोमा देखिन थालेकी छिन् । हेटौंडामा हुने महोत्सव तथा अन्य सांगितिक कार्यक्रम नछुट्ने नृत्यङगना शर्माको पछिल्लो नयाँ म्युजिक भिडियो शुक्रबार सार्वजनिक भएको छ ।
यस अघि चर्चित कर्मा व्यान्डको कहिलेकाहीँ गीतमा पहिलो पटक मोडलिङ् गरेकी शर्माको दोश्रो भिडियो शुक्रबार सार्वजनिक भएको छ । गायक अनुप तिवारीको स्वर रहेको सानी नानी गीतमा शर्माले अर्का मोडल अशोक आर्यन यादवसँगै अभिनय गरेकी छिन् । स्टेज कार्यक्रममा प्रस्तुती दिइरहेकी शर्माले मोडलिङ पनि नृत्य जस्तै सहज भएको प्रतिक्रिया दिइन् । शर्माले मोडलिङ् मै आफ्नो भविष्य बनाउने बताइन् ।
शर्माले २०६१ मा भीम विराग संगीत, साहित्य कला प्रतिष्ठानबाट बाल प्रतिभा पुरस्कार पाएकी शर्माले नारायाणी सांस्कृतिक महोत्सवको नृत्य प्रतियोगितामा प्रथम स्थान हासिल गरेकी छिन् । स्नातक तहको अध्ययन पूरा गरिसकेकी शर्माले नृत्यबाट नै प्राप्त छात्रवृत्तिबाट आफ्नो पढाई पूरा गरेकी हुन । हालै हेटौंडामा सम्पन्न संगीत तथा नृत्य महोत्वसवमा आफ्नो उत्कृष्ट प्रस्तुती दिए वापत शर्मालाई नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले राष्ट्रिय कलाकार रुपमा परिचित गराएको छ । 
Powered by Blogger.