Header Ads


पूर्व बिद्यार्थीद्वारा शिक्षकको सम्मान

हेटौंडा, १७ असार / हेटौंडाको हटियामा रहेको बालवोध माध्यामिक विद्यालयका पूर्व विद्यार्थीहरुले २० वर्षपछि आफूहरुलाई अध्यापन गराएका शिक्षकसंग भेटेर खुशी मनाएका छन् ।
अध्यापन पेशाबाट सेवानिवृत्त भएर बसिरहेका शिक्षक गोकर्णराज महतको हेटौंडा–५ पिप्लेमा रहेको घरमा शनिबार पुगेर खुशी साटासाट गरेका हुन् । ३८ वर्ष शिक्षण पेशाबाट सेवा निवृत्त भएका महतले आफूले पढाएका विद्यार्थीहरुसंग भेट होला भनेर कुनै पनि कल्पना नगरेको बताउँदै पुरानो दिनको यादलाई पुनः ताजा
गरिदिएको भन्दै विद्यार्थीहरुलाई धन्यवाद दिए ।
७५ बर्षीय शिक्षक महतलाई विद्यार्थीहरुले टीका र माला लगाइदिँदै मायाको चिनो प्रदान गरेका थिए । नेपाली र संस्कृत विषय अध्यापन गराउने गुरुसँग धेरै समयपछि भेट हुन पाउँदा निकै खुशी लागेको विद्यार्थीहरुले बताएका छन् ।
उनीहरुले शिक्षक सँगको भेटमा पुरानो कुराहरुलाई ताजा बनाउने घटनाहरु समेत भनेका थिए । पूर्व विद्यार्थी दिपक विष्टको संयोजनामा भेटघाट कार्यक्रम भएको हो ।
पूर्व शिक्षक भेटघाट कार्यक्रममा बालबोध माध्यामिक विद्यालयका प्रधानाध्यापक भीमसेन श्रेष्ठसहित पूर्व विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
Powered by Blogger.