Header Ads


पुरातात्विक सम्पदा पुननिर्माणमा बेवास्ता

हेटौंडा, १७ असार/भूकम्पले क्षति पु¥याएको मकवानपुरको उत्तरी पर्यटकीय नगरी चित्लाङमा रहेका धार्मिक तथा पुरातात्विक सम्पदाहरुको पुननिर्माणमा सरकारले वेवास्ता गरेको छ ।
भूकम्प गएको दुई वर्ष बितिसक्दा पनि यस क्षेत्रका प्रमुख सम्पदाहरुको पुननिर्माण हुन सकेको छैन । राजधानी काठमाण्डौंबाट डेढ घण्टाको सवारीमा पुगिने चित्लाङ घुम्न आउने पर्यटकहरु भूकम्पले क्षति पु¥याएका आधा दर्जन सम्पदाहरु हेरेर फर्कन बाध्य छन् । २०७२ वैशाख १२ गतेको भूकम्पले चित्लाङस्थित भिमसेन मन्दिर, अशोक चैत्य, ढुङ्गे धारा, स्वच्छन्द भैरव माविको पुरातात्विक भवनमा क्षति पुगेको स्थानीय बुद्धरत्न मानन्धरले जानकारी दिए ।
‘हामीले पटक पटक ताकेदा गर्दा पनि पुरातत्व बिभाग र पुननिर्माण प्राधिकरणबाट कुनै चासो दिइएको छैन’, उनले भने, ‘महत्वपूर्ण सम्पदाहरु पुननिर्माण नहुँदा यस क्षेत्रको पहिचान गुम्दै जाने होकी भन्ने हाम्रो चिन्ता छ ।’ सम्राट अशोकको पालामा बनेको अशोक चैत्य भूकम्पले चर्किएको छ । यस क्षेत्रका नेवार समुदायको महत्वपूर्ण देवल भिमसेन मन्दिर भत्किएको छ । मन्दिर भत्किएसँगै पूजापाठ गर्न समेत समस्या भएको स्थानीय धार्मिक तथा सांस्कृतिक व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण बलामीले बताए ।
मन्दिरबाट प्रत्येक वर्ष रथ यात्रा निकालिन्छ । ‘पुननिर्माण प्राधिकरणलाई भन्यो पुरातत्व विभागलाई देखाउँछ, विभागले कुनै वास्ता गरेको छैन’, बलामीले भने । जिल्लाभरका दर्जन बढि पुरातात्विक मन्दिर तथा सम्पदाहरुमा भूकम्पले क्षति पु¥याएपनि पुननिर्माण र  मर्मतको काम सुस्त रहेको जिल्ला समन्वय समितिका सामाजिक विकास अधिकृत रामकृष्ण थापाले बताए ।
‘हामीले सम्बन्धित निकायहरुमा जानकारी गरएका छौं, केही गुम्बाहरुको मर्मत भएको छ, अरु काम भएको छैन’, थापाले भने ।  मन्दिर भत्किएपछि यहाँ पूजापाठ समेत बन्द छ ।
Powered by Blogger.