मकवानपुरमा ६ सय ९३ वटा घरेलु उद्योग थपिए
हेटौँडा, १९ असार/ मकवानपुर जिल्लामा आर्थिक वर्ष २०७३÷०७४ को जेठ मसान्तसम्मा ६ सय ९३ वटा घरेलु उद्योग दर्ता भएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरका प्रमुख नारायण खनालका अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्मा कार्यालयमा दर्ता भएको उद्योगको सङ्ख्या ४ हजार ८ सय ८५ रहेको बताए । आर्थिक वर्षको जेठ मसान्तसम्ममा ६ सय १० उद्योगले नवीकरण गरेको उनले बताए । यस्तै वाणिज्य प्रशासन तर्फ यो वर्षको जेठ अवधिमा ७ सय २० व्यवसाय दर्ता भएको, ८ सय ४७ वटा नवीकरण गरिएको उनले बताए । कार्यालय प्रमुख खनालले चालु खर्च अन्तर्गत भएका कार्यक्रमहरु सीप विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम, युवा उद्यममशिलता विकास तथा औद्योगिक जनशक्ति सृजना, सीप विकास तथा रोजगार कार्यक्रम रहेको उनको भनाइ रहेको थियो ।
गत आर्थिक वर्षको एक वर्षको अवधिमा ५ सय ७९ वटा घरेलु उद्योग दर्ता भएको थियो । गत आर्थिक वर्ष ०७२÷०७३ मा नयाँ दर्ता भएको उद्योगबाट ६ सय ४९ महिला र एकहजार ३ सय ३२ जना पुरुषले रोजगारी पाएको उल्लेख गरिएको थियो । यस्तै वाणिज्य प्रशासन तर्फ यस वर्षको असार मसान्तसम्ममा ६ सय १६ व्यवसाय दर्ता भएको, २ सय ९१ वटा नवीकरण गरिएको र एकसय १० वटाको लगतकट्टी गरिएको कार्यालयले जानकारी दिएको थियो ।
यस्तै चालु खर्च तर्फ ५८ लाख ३३ हजार रुपैयाँ बार्षिक बजेट रहेकोमा ५२ लाख १२ हजार ८ सय ४८ रुपैँया खर्च भएको र पुँजिगत तर्फ ५४ लाख बार्षिक बजेट रहेकोमा २६ लाख ४१ हजार ४ सय ७३ रुपैयाँ खर्च भएको थियो भने मेड्पाको चालु तर्फको ४८ लाख ४७ हजार बार्षिक बजेटमा ६२ लाख ३४ हजार ८ सय ५१ मात्र खर्च भएको र पुँजिगत तर्फको १५ लाख बार्षिक बजेट रहेकोमा १० लाख २६ हजार ५ सय ९२ रुपैया खर्च भएको कार्यालयले जनाएको छ ।