खैरो हिरोइनसहित तीन पक्राउ
हेटौंडा, १९ असार / मकवानपुर प्रहरीले आइतबार अवैध लागुऔषध खैरो हिरोइन सहित ३ जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाका आधारमा प्रहरीले हेटौंडा–५ बस्ने २० वर्षीय शाहिल श्रेष्ठ, १८ वर्षीय अनमोल ओझा र हेटौंडा–१ बस्ने ३२ वर्षीय संजीव जोशीलाई प्रहरीले २ ग्राम ८ सय मिलिग्राम खैरो हिरोइनसहित पक्राउ गरेको हो । उनीहरुको शरीर खान तलासी गर्दा लागु औषध खैरो हिरोईन बरामद भएको बताइएको छ ।
आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–४ चिल्ड्रेनपार्कमा लागु औषध खैरो हिरोईन बिक्रि बितरण भइरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक बसन्तकुमार लामाले जानकारी दिए ।
उनीहरुको विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।