Header Ads


मृगौला पीडितलाई दुवैबाट सहयोग

 हेटौंडा, १९ असार / हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ की मृगौला पीडित लक्ष्मी स्याङ्तानलाई दुवैबाट सहयोग प्राप्त भएको छ ।
कामको सिलसिलामा दुवै पुगेका उनका भाई कृष्ण घलानले उपचारको लागि सहयोग रहम जुटाएका हुन् । दुवैमा उनीसँग कार्यरत साथीहरुसँग उठेको २ लाख ५ हजार ५ सय ५५ रुपैयाँ सोमबार एक कार्यक्रमको वीच स्याङ्तानलाई हस्तान्तरण गरिको
हो । वडा नम्बर ७ का अध्यक्ष राजन थापाले प्राप्त भएके रकम उनको घरमा पुगी हस्तान्तरण गरेका थिए ।
रकम हस्तान्तरण कार्यक्रममा हटौंडा बचत तथा ऋण सहकारी संस्थाका सञ्चार विभाग प्रमुख शुशिल सुवेदी, सञ्चारकर्मी गोकुल अधिकारी, कलाकार राजुबावु श्रेष्ठ लगायतकाको उपस्थिति रहेको थियो ।
Powered by Blogger.