बृद्धाश्रममा मुर्तिहरुको प्राण प्रतिष्ठा
हेटौंडा, १९ असार/ हेटौंडा–२, चौकीटोलमा रहेको ओम बृद्धाश्रममा मुक्तिनाथ तथा नवग्रहका मूर्तिहरुको प्राण प्रतिष्ठा सम्पन्न भएको छ ।
१५ गतेबाट सुरु भएको प्राण प्रतिष्ठाको कार्यक्रम सोमबार सकिएको हो । प्राण प्रतिष्ठान कार्यक्रम अन्तर्गत् १६ गते धान्याधिवास, १७ गते शैयाधिवास, १८ गते मूर्तिस्थापना गरएको ओम बृद्धाश्रम व्यवस्थापन समितिका अध्यक्ष बुद्धिप्रसाद पौडेलले बताए । समापन कार्यक्रममा १० हजार भन्दा बढी रकम दान गर्ने १७ जना दाताहरुलाई सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । मन्दिर निर्माणको लागि नेपाल सरकारबाट १० लाख रुपैयाँ, जिल्ला समन्वय समितिबाट २ लाख, हेटौंडा उपमहानगरपालिकाबाट १ लाख रुपैयाँ सहयोग प्राप्त भएको पौडेलले बताए ।
ओम बृद्धमश्रमका व्यवस्थापन समितिका अध्यक्ष बुद्धिप्रसाद पौडेलको सभाध्यक्षतामा भएको समापन कार्यक्रममा मध्यमाञ्चाल क्षत्रिय प्रशासक शम्भुप्रसाद कोईरालाको प्रमुख आतिथ्यता रहेको
थियो । समापन कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, जेष्ठ नागरिक जिल्ला संघका अध्यक्ष हरिप्रसाद सिग्देल लगायतकाको उपस्थिति रहेको थियो ।