Header Ads


हेटौंडा क्याम्पसमा स्ववियुको तालाबन्दी

हेटौँडा, १९ असार/स्वतन्त्र विद्यार्थी युनियनको अधिकारलाई समेत बेवास्ता गर्दै क्याम्पस प्रशासनले मनोमानी गरेको भन्दै २२ बुँदे माग सहित स्वतन्त्र विद्यार्थी युनियन हेटौँडा क्याम्पसले क्याम्पसको क्याम्पस प्रमुख, उपप्रमुख सहित लेखा प्रशासनमा तालाबन्दी गरेको छ ।
मनोमानी गर्ने क्याम्पस प्रमुख देवचन्द्र मानन्धरको राजीनामा, क्याम्पस ब्यवस्थापन समिति र त्यसले गठन गरेको उपसमितिहरुको हरेक बैठक र महत्वपूर्ण निर्णयमा स्ववियुको आधिकारिक संलगनता, हाल वितरण भैरहेको ५ प्रतिशत छात्रबृत्तिलाई १० प्रतिशत बनाउनुपर्ने लगाएतको २२ बुँदे माग सहित उनिहरुले अनिश्चितकालिन तालाबन्दी गरेका हुन् ।
तालाबन्दीको विषयमा जानकारी दिँदै स्वतन्त्र विद्यार्थी युनियन हेटौँडा क्याम्पसका सभापति उमेश पुरीले क्याम्पस प्रशासनले मनोमानी ढंगले काम गर्दै आएकोले त्यसको बिरोध गरिएको बताए । त्रिभुवन विश्व विद्यालयले महत्वपूर्ण अंगको रुपमा मानेको स्ववियुलाई  ‘वाईपास’ गर्न खोसेकोले समस्या आएको बताए । आफुहरुले विद्यार्थीको हक र अधिकारको विषयमा जायज माग राख्दा समेत क्याम्पस प्रशासन मौन रहेको र आफुहरुलाई वेवास्ता गरेको उनको भनाई रहेको छ ।
यसै विषयमा प्रतिक्रिया माग्दा क्याम्पस प्रमुख  मानन्धरले आफुहरुले स्ववियुको भुमिकालाई महत्व नदिएको भन्ने आरोप झुटो रहेको बताए । स्ववियुको माग प्रति आफुहरु गम्भिर भएको बताउँदै सक्नेसम्मको माग पुरा गरिने बताए ।
Powered by Blogger.