छात्रवृत्ति वितरण
हेटौंडा, १९ असार/ हेटौंडा ४, कर्रामा रहेको श्रमिक माविमा शैक्षिक सत्र २०७४ को छात्रवृत्ति वितरण भएको छ ।
सोमबार अभिभावक भेला
गरी छात्रवृत्ति वितरण गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्रलाल रिजालको प्रमुख आतिथ्यता एवम् वडा नम्बर ४ का अध्यक्ष नवीन सिग्देलको विशेष आतिथ्यतामा कार्यक्रम भएको हो ।
विद्यालयमा अध्ययनरत दलित, सिमान्तकृत र छात्राहरुलाई जनही ४०० रुपैयाँका दरले छात्रावृत्ति वितरण गरेको लेखापाल विमल श्रेष्ठले बताए ।