१९ दुग्ध सहकारीलाई ६० लाख अनुदान
हेटौंडा, २३ असार÷दूध उत्पादन र बजारीकरणका आधारमा अनुदान पाइलट कार्यक्रम अन्र्तगत गत आर्थिक वर्ष २०७२÷०७३ मा सहकारीमा नियमित दूध विक्री गरिरहेका मकवानपुरका १९ वटा सहकारी संस्थामा आवद्ध रहेका किसानलाई ६० लाख अनुदान वितरण गरिने भएको छ ।
गत चैत १ गते नेपाल सरकारको पशु उत्पादन निर्देशनालय हरिहरभवन ललितपुरले दूध उत्पादन र बजारीकरणका आधारमा अनुदान पाइलट कार्यक्रमको प्रस्ताव आव्हानको सूचना जारी गरेको थियो । जिल्ला पशु सेवा कार्यालय मकवानपुरका वरिष्ठ पशु विकास अधिकृत डा.रामप्रकाश प्रधानका अनुसार मकवानपुर दुग्ध उत्पादक सहकारी संघमा आवद्ध रहेका ५४ वटा प्रारम्भिक संस्थामध्ये १९ वटा संस्थामा आवद्ध रहेका किसानलाई ६० लाख अनुदान वितरण गर्न लागिएको हो ।
‘मकवानपुरमा रहेका २ वटा सहकारी संस्थामा आवद्ध रहेका किसानहरुलाई अनुदान वितरण गरिसक्यौँ’ उनले भने–‘हटियामा रहेको अंगारेश्वर दुग्ध उत्पादक सहकारी संस्थालाई २ लाख ४८ हजार ५ सय ४० रुपैयाँ र हेटौंडा–८ मा रहेको जनजागृति नगर दुग्ध उत्पादक सहकारी संस्थामा २ लाख ९१ हजार ७ सय ६१ रुपैयाँ वितरण गरेका छाँै ।’
नेपाल सरकार पशु उत्पादन निर्देशनालयको आर्थिक वर्ष २०७२÷०७३ को अनुदान पाइलट कार्यक्रम अन्तर्गत मकवानपुरका १९ वटा सहकारीतर्फ छतिवनको पावस दुग्ध उत्पादक सहकारी संस्था, हटियाको किसान दुग्ध उत्पादक संस्था, अंगारेश्वर दुग्ध उत्पादक सहकारी संस्था, हेटौंडा–१७ को चेतनशील दुग्ध उत्पादक सहकारी संस्था, हेटौंडा–६ को नारायणी दुग्ध उत्पादक सहकारी संस्था, हेटौंडा ७ को वनदेवी दुग्ध उत्पादक सहकारी संस्था, हेटौंडा ८ को जनजागृति नगर दुग्ध उत्पादक सहकारी संस्था, आमभञ्ज्याङमा रहेको उज्जवल दुग्ध उत्पादक सहकारी संस्था, भीमफेदीमा रहेको सुपिङ दुग्ध उत्पादक सहकारी संस्था, मनकामना दुग्ध उत्पादक सहकारी संस्था, महाकाली दुग्ध उत्पादक सहकारी संस्था, श्रमिक दुग्ध उत्पादक सहकारी संस्था, एकीकृत दुग्ध उत्पादक सहकारी संस्था छतिवन, राजदेवी दुग्ध उत्पादक सहकारी संस्था, वंशगोपाल दुग्ध उत्पादक सहकारी संस्था रहेको उनले जानकारी दिए ।

सहकारीले वितरण ग¥यो अनुदान
हेटौंडा–८ मा रहेको जनजागृति नगर दुग्ध उत्पादक सहकारी संस्थाले कृषकहरुलाई आर्थिक वर्ष ०७२÷०७३ को अनुदान रकम वितरण गरेको छ ।
नेपाल सरकार पशु उत्पादन निर्देशनालय हरिहर भवन ललितपुरबाट दूध उत्पादन र बजारीकरणका आधारमा अनुदान पाइलट कार्यक्रमबाट प्रति लिटर एक रुपैयाँको दरले प्राप्त अनुदान रकम वितरण शुक्रबार गरेको हो । कार्यक्रम अन्तर्गत संस्थाले कुल २ लाख ९१ हजार ७ सय ६१ रुपैयाँ अनुदान प्राप्त गरेको थियो । आर्थिक वर्ष २०७२÷०७३ मा संस्थामा बढी दूध विक्री गर्ने किसानहरुलाई हेटौंडा–८ नम्बरवडा अध्यक्ष गोपालबहादुर श्रेष्ठ, जिल्ला पशु कार्यालय मकवानपुरका प्रमुख डा. रामप्रकाश प्रधान, पशु सेवा प्राविधिक बन्धुराज अधिकारीलगायतले अनुदान रकम हस्तान्तरण गरेका हुन् । संस्थाबाट २०७२÷०७३ मा सबैभन्दा बढी दूध बिक्री गरेका कृषक सरस्वती पोखरेलले ७ हजार ८ सय ७६ रुपैयाँ अनुदान पाएकी छिन् ।
सहकारी संस्थाका अध्यक्ष इन्द्रबहादुर बस्नेतको अध्यक्षतामा अनुदान वितरण भएको हो । त्यसैगरी अंगारेश्वर दुग्ध उत्पादक सहकारी संस्थ हटियाले आफ्ना सदस्यहरुलाई आर्थिक वर्ष २०७२÷०७३ को अनुदान रकम वितरण गरेको छ । उक्त कार्यक्रम अन्तरगत संस्थाले कुल २ लाख ४८ हजार ५ सय ४० रुपैयाँ अनुदान प्राप्त
गरेको थियो ।