Header Ads


महिला उद्यमीको अन्तरकृया सुरु

हेटौंडा, २३ असार/नेपाल उद्योग वाणिज्य महासंघ महिला उद्यमी विकास समितिको आयोजनामा शुक्रबारबाट हेटौंडामा २ दिने अन्तरकृया कार्यक्रम शुरु भएको छ ।
नेपालको अर्थतन्त्रमा महिला उद्यमीहरुको भूमिका तथा नेपाली महिला उद्यमीहरुको प्रवद्र्वन नाम दिइएको अन्तरकृयाको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले उद्घाटन गरेका हुन् । यसअघि मकवानपुर उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको प्रमुख आतिथ्यतामा महिला उद्यमीहरुको भेला हुने जानकारी दिएको थियो ।
कार्यक्रममा महासंघ अध्यक्ष राणाले फोन मार्फत शुभकामना मन्तव्य दिएको भन्दै सुनाइएको थियो । अन्तरकृयामा ३७ वटा जिल्ला नगर उद्योग वाणिज्य संघका महिला उद्यमीहरुको उपस्थिति रहेको बताइएको छ । नेपाल उद्योग वाणिज्य महासंघ महिला उद्यमी विकास समिति अध्यक्ष कमला श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर महतले स्थानीय तहबाट महिला उद्यमीहरुलाई सबल र सक्षम बनाउन स्थानीय तहको साथ र सहयोग आवश्यक रहेको बताए । कार्यक्रममा महिला उद्यमीहरुको दक्षता क्षमता अभिबृद्धिका लागि महासंघ र जिल्लास्थित संघ र अन्य निकायको भूमिका के रहने भन्ने बिषयमा छलफल हुने जानकारी दिइएको छ ।
अन्तरकृयाको उद्घाटनमा नेपाल उद्योग वाणिज्य महासंघका महासचिव सुरेशमान श्रेष्ठ, कार्य समिति सदस्यहरु अरुणराज सुमार्गी, हेमराज ढकाल, रबिनकुमार श्रेष्ठ, आकाश अधिकारी, हेटौंडा उपमहानगरपालिकाका उपमेयर मीना लामा, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेलगायतले उद्योग, व्यवसाय एवम् महिला उद्यमीहरुको समसामयिक अवस्था, सुधार गर्नुपर्ने पक्ष, समस्या, चुनौतीलगायतको बिषयमा मन्तव्य व्यक्त गरेका थिए ।
Powered by Blogger.