Header Ads


रोटरी र रोट¥याक्ट सदस्यको स्वास्थ्य परीक्षण

हेटौंडा, २३ असार/शुक्रबार हेटौंडामा रोटरी क्लव अफ मकवानपुर र रोट¥याक्ट क्लव अफ मकवानपुरको सदस्यहरुको नाक, कान, घाँटीको परीक्षण गरिएको छ ।
सामाजिक कार्यमा आबद्ध रोटरी र रोट¥याक्टले विभिन्न समयमा आम सर्वसाधारणको हितको लागि स्वास्थ्य परीक्षणलगायतका कार्यक्रम गर्ने गरेपनि आफ्नै स्वास्थ्य अवस्थाको बिषयमा भने अनभिज्ञ रहने गरेकोले यो कार्यक्रम आयोजना गरिएको आयोजक रोटरी क्लव अफ मकवानपुरले बताएको छ ।
हेटौंडाको मोटल एभोकाडो एण्ड अर्किड रिसोर्टमा भएको स्वास्थ्य परीक्षणमा नाक, कान, घाँटी रोग विशेषज्ञ डा. प्रेमलकुमार जोशीले परीक्षण गरेको रोटरी क्लवका बर्ष सन् २०१७ का सचिव कविन सांगामीले जानकारी दिए ।
रोटरी क्लव अफ मकवानपुरका बर्ष सन् २०१७÷१८ का अध्यक्ष पुरणबहादुर जोशी, संस्थापक अध्यक्ष ज्ञानकृष्ण प्रजापति, रोट¥याक्ट क्लव अफ मकवानपुरका संस्थापक अध्यक्ष गणेशदर्पण अधिकारी, सन् २०१७÷१८ का अध्यक्ष विजय पौडेललगायत रोटरी र रोट¥याक्टका सदस्यहरुले नाक, कान, घाँटी जँचाएका थिए ।
Powered by Blogger.