खाद्यान्न व्यवसायीले शनिबार व्यवसाय नगर्ने
हेटौंडा, २४ असार/नेपाल खाद्यान्न व्यवसायी संघमा आबद्ध मकवानपुरका व्यवसायीहरुले शनिबार व्यवसाय नगर्ने निर्णय गरेका छन् ।
शनिबार हेटौंडामा भएको खाद्यान्न व्यवसायी संघको छैठौँ बार्षिक साधारणसभामा व्यवसायीहरुले शनिबार पसल नखोल्ने निर्णय गरेका हुन् । कसैले नियम उल्लंघन गरी पसल खोलेमा कम्तिमा एकहजार रुपियाँ जरिवाना लाग्ने निर्णय भएको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यता एवम् खाद्यान्न व्यवसायी संघका अध्यक्ष विजयसागर श्रेष्ठको अध्यक्षतामा साधारणसभा भएको हो ।
मेयर महतले व्यवसायिकमर्यादा कायम राख्दै व्यवसाय गर्न अनुरोध गरे । व्यवसायीलाई पर्ने अप्ठेरोको अवस्थामा हेटौंडा उपमहानगरपालिका साथै रहने उनको भनाई थियो । यस्तै मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेले खाद्यान्न व्यवसायीलाई व्यावसायिक वातावरण बनाउन उद्योग वाणिज्य संघ सदैव तत्पर रहेको बताए । खाद्यान्न व्यवसायी संघका अध्यक्ष विजयसागर श्रेष्ठले उपभोक्ता ऐन केवल व्यवसायीलाई अप्ठेरोमा पार्नको लागि मात्र भएको बताए । साधारणसभाको अवसरमा गत स्थानीय निर्वाचनमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१६ को अध्यक्ष पदमा विजयी भएका खाद्यान्न व्यवसायी संघका साधारण सदस्य रामकृष्ण कोइराला र पुराना खाद्यान्न व्यवसायी चन्द्रकान्त पराजुलीलाई सम्मान गरिएको थियो ।
साधारणसभामा मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष कृष्ण कटुवाल, उपाध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाल, खाद्यान्न व्यवसायी संघका सल्लाहकार अमृत दाहाल, साधारण सदस्यको तर्फबाट मानबहादुर बस्नेत र उपाध्यक्ष काव्यमणि अधिकारीले मन्तव्य व्यक्त गरेका थिए । साधारणसभाको कार्यक्रम संयोजकको रुपमामहासचिव दिवश पराजुली रहेका थिए ।