‘समाज सुधार्न राम्रो आचरण आवश्यक’
हेटौंडा, २४ असार/हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ का अध्यक्ष सविन न्यौपानेले समाज सुधारको निम्ति आचरण रहेका व्यक्तिहरु आवश्यक रहेको बताएका छन् ।
शनिबार सुन्दर युवा सञ्जाल हेटौंडा चौकिटोलले आयोजना गरेको लागूऔषध दुव्र्यसन विरुद्ध जनचेतनामूलक कार्यक्रमका प्रमुख अतिथि रहेका न्यौपानेले समाजको चौतर्फी विकासको निम्ति असल व्यक्ति र व्यवहार आवश्यक रहेको बताएका हुन् । विश्वमा अहिले बम, बारुद्ध भन्दा पनि लागूऔषध दुव्र्यसनी विकराल समस्याको रुपमा देखा परेको उनको भनाई थियो । लागूऔषध प्रयोगकर्ताले समाजमा जरो
गाडिरहेकोले सुध्रन चाहनेलाई सुध्रने मौका दिनुपर्ने भन्दै उनले लागूऔषध दुव्र्यसनको बिरुद्ध सबै एकजुट हुनु आवश्यक रहेको औंल्याए । त्यसैगरी जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक बेदप्रसाद गौतमले ‘टीनएज’ (युवाहरु) बढी लागूऔषधको दुव्र्यसनमा फस्दै गएको अवस्था रहेको सुनाए ।
‘१६ देखि ३० वर्ष उमेर समूहका युवाहरु लागूऔषधको ओसारपसार एवम् सेवनमा बढी रहेको पाइएको छ’, उनले भने–‘१२ बर्षका बालबालिका समेत लागूऔषधको सेवनमा रहेको हामीले पाएका छौँ ।’ जिल्ला प्रहरी कार्यालय मकवानपुरमा एकसय जना व्यक्ति हिरासतमा रहेकोमा ८० जना भन्दा बढी लागूऔष कारोबारी र सेवनकर्ता रहेको प्रहरी निरीक्षक गौतमले बताए । सुन्दर युवा सञ्जाल चौकिटोलको अध्यक्ष जीवन छत्कुलीको अध्यक्षतामा भएको कार्यक्रममा समर्पण लागूऔषध पूर्नस्थापना केन्द्रका सञ्चालक अजित राईले लागूऔषध दुव्र्यसनमा सबैभन्दा बढी स्कूल तथा क्याम्पस अध्ययनरतहरु रहेको बताए ।
कार्यक्रममा ओम बृद्धाश्रम चौकीटोलका अध्यक्ष बुद्धिप्रसाद पौडेल, सुन्दर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शम्भु नकर्मी, सुन्दर वन उपभोक्ता समिति चौकीटोलका अध्यक्ष कमल लामा, हेटौंडा उपमहानगरपालिका २ नम्वर वडाका सदस्य रेणु गुरुङ, जागरण अभियान नेपाल मकवानपुरका कोषाध्यक्ष ध्रुव देवकोटा लगायतले मन्त्व्य व्यक्त गरेका
थिए ।