ग्रील व्यवसायीमा पुन ः पौडेल
हेटौंडा, २४ असार/मकवानपुर ग्रील तथा स्टिल व्यवसायी संघको अध्यक्षमा पुनः कुमार पौडेल चयन भएका छन् ।
शनिबार हेटौंडामा भएको चौथो बार्षिक साधारणसभाले पौडेलकै अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । ग्रील तथा स्टिल व्यवसायी संघको उपाध्यक्षमा केशव प्रसाद, सचिव रबिकृष्ण नकर्मी, कोषाध्यक्ष सुरेश पौडेल, सहसचिव रामहरि प्रसाइँ र सदस्यमा विदुरप्रसाद ढुङ्गेल, सरिता प्रधान, विनोद खतिवडा, कविराज पाठक, करुणा सिँह, राजु जिसी, टीका खड्का, राजेन्द्र गोपाली, राजु श्रेष्ठ र उद्धब गजुरेल रहेका छन् । यस्तै सल्लाहकारमा प्रकाश पौडेल र योगनाथ दंगाल रहेका छन् । नेपाल ग्रील तथा स्टिल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष मोहन कटुवालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महिला ग्रील व्यवसायी सर्मिला प्रधान र ज्येष्ठ व्यवसायी रामप्रसाद जिसीलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । कार्यक्रममा उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्याललगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम ग्रील तथा स्टिल व्यवसायी संघका अध्यक्ष कुमार पौडेलको अध्यक्षतामा भएको हो ।