Header Ads


जिल्ला लिग फागुन १५ बाट

हेटौँडा,३पुस/मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा प्रत्येक बर्ष सञ्चालन हु“दै अँएको जिल्ला लिग फुटबल प्रतियोगिता यहि फागुन १५ गतेबाट हुने भएको छ । 
फुटबल संघ मकवानपुरको बैठकले फागुन १५ बाट प्रतियोगिता आयोजना गर्ने गरी संघका सदस्य दीपेन्द्र ढकालको संयोजकत्वमा युनाल मल्ल, सुवीन घिमिरे र ज्ञानु क्षत्री सदस्य रहेको प्रतियोगिता आयोजक टोली निर्माण समेत गरेको छ । हेटौंडा–१० मा रहेको कृषि वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा सञ्चालन गरिने प्रतियोगितामा यसवर्ष जिल्लाका उत्कृष्ट क्लबहरुलाई मात्र सहभागी गराउने योजना रहेको बताइएको छ । 
प्रतियोगिता संयोजक दीपेन्द्र ढकालले प्रतियोगितामा सामान्य रुपमा टिकटको व्यवस्था समेत गरिने योजना रहेको बताए । टिकटबाट उठेको रकम क्लबहरुलाई नै वितरण गर्ने योजना बनाएको संयोजक ढकालको भनाई छ । फागुन १ गतेबाट हुने अन्तर्राष्ट्रिय आमन्त्रण हेटौंडा कप फुटबल प्रतियोगिता सकिएपश्चात सोही मैदानमा फुटबल गर्ने तयारी गरिएको आयोजक समितिको भनाई छ । प्रतियोगितामा जिल्लाका करिब २० वटा क्लबको सहभागिता रहने अनुमान आयोजकले गरेको छ । यस्तै फुटबल संघ मकवानपुर अध्यक्ष राजेन्ंद्र श्रेष्ठले यस बर्ष पुरस्कारको राशी बढ्न सक्ने संकेत गरे । ‘पुरस्कार राशी बढाउने र प्रतियोगितालाई थप व्यवस्थित बनाउने योजना रहेको छ’, उनले भने, ‘यस बर्ष प्रतियोगितामा सहभागी हुनको लागि बजारको भन्दा गाउ“को टोलि नै बढि ‘इन्टे«स्टेड’ रहेको पाएका छौ“ ।’ प्रतियोगितामा जिल्लाका खेलाडीले मात्र सहभागिता जनाउन पाउनेछन् । गतवर्षको विजेताले नगद २० नगद रुपैंया प्राप्त गरेको थियो । 
प्रतियोगिताको आकर्षण बढाउनका साथै व्यवस्थापन पक्षलाई चुस्तदुरुस्त बनाउन विभिन्न उपसमितिहरु गठन गरिने भएको छ । प्रतियोगिता सुरु हुनु १० दिन अगावै खेल तालिका सार्वजनिक गर्ने योजना रहेको आयोजकले बताएको छ ।
Powered by Blogger.