अनेरास्ववियुका विजयी नेताहरुलाई सम्मान
हेटौँडा,१५फागुन÷नेकपा एमालेको बिद्यार्थी संगठन अनेरास्ववियु ३ नं. क्षेत्रीय कमिटीले २२ औं महाधिवेशनबाट निर्वाचित मकवानपुरे नेताहरुलाई सम्मान गरेको छ ।
हेटौंडामा एक कार्यक्रमको बीच अनेरास्ववियुको उपाध्यक्षमा निर्वाचित महेशकुमार बर्तौला, सचिवालय सदस्य सुजता पोखरेल, केन्द्रीय सदस्य सन्तोष पौडेल, विभा प्याकुरेललाई सम्मान गरेको हो । यसैगरी राष्ट्रिय परिषद् सदस्य (रापस) मा निर्वाचित सुलभ अधिकारी, हिमाल पाठक र सुशान्त गजमेरलाई पनि कसम्मान गरिएको क्षेत्रीय कमिटी उपाध्यक्ष आकाश अधिकारीले जानकारी दिए । नेकपा एमाले मकवानपुरका पूर्व रामेश्वर रानाले निर्वाचित पदाधिकारी तथा रापसलाई टिका र खादा ओडाएर सम्मान गरेका हुन् । ३ नम्बर क्षेत्रीय अध्यक्ष किसन घिसिङको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा एमाले जिल्ला सदस्य हिदम लामा, जिल्ला सचिवालय सदस्य पद्मा पौडेल, जिल्ला सदस्य नवीन सिग्देल, पार्टी पूर्व जिल्ला सदस्य पार्वती राना, एमाले ३ नं. क्षेत्रीय अध्यक्ष रघु आचार्य, अनेरास्ववियुका पूर्व अध्यक्ष शालिकराम पुडासैनी, शिवहरि दाहाललगायतले मन्तव्य व्यक्त गरेका थिए । यस्तै
अनेरास्ववियु जिल्ला थारु विद्यार्थीहरुको भेलाले पनि विजयी नेताहरुलाई सम्मान गरेको छ । थारु विद्यार्थीका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष सञ्जय चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा अनेरास्ववियु थारु इञ्चार्ज भुवन मैलानी, अनेरास्ववियु ३ नं. क्षेत्रीय उपाध्यक्ष आकाश अधिकारीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।