Header Ads


उपमहानगरपालिकाको अनुभुति

हेटौंडा सहर अर्थात देशकै गनिएको एक औद्योगिक नगरी । करिब दुई दशक अघिसम्म केवल चालक र सहचालकहरुको नगरिको नाममा ख्याति कमाएको हेटौंडा आज धेरैको गन्तब्य स्थल बनेको छ । तराई–पहाड चारैतिरबाट रोजिरोटी देखि उच्च शिक्षासम्मको सपना लिएर हेटौंडा झर्ने गर्छन् मानिसहरु आजभोली ।धेरैको जमघटले सहर साँघुरिदै गएको बताउँछन आधा सताब्दि हेटौंडामै काट्ने बुढापाकाहरु ।
 सरकारको करिब २५ करोड लगानिमा साँघुरिदै  गरेको सहरलाई व्यापकता दिन ६३ किलोमिटर लामो चक्रपथ बन्ने पक्का–पक्कि भएको छ । हेटौंडा उपमहानगरपालिका क्षेत्रमा विस्तार भएका साविकका गाउँ विकास समितिका क्षेत्र पूर्वमा हर्नामाडीदेखि हटिया, चुरियामाई र पदमपोखरी, पश्चिममा बसामाडी समेतलाई समेटने गरी हालको चौघडा, एक्लेखेत, फुर्केचौर, शिखरपानी, भोर्ले, रातमाटे, पदमपोखरी, वस्तीपुर, बसामाडी, लालझाडीहुँदै चौकीटोल जोड्ने ग्रामीण सडकलाई नै विस्तार र स्तरोन्नति गरी बृहत चक्रपथ निर्माण गरिने भएको
छ । उपमहानगरपालिकाको उक्त बृहत चक्रपथ आयोजना हेटौडा बजारबाट ६ किलोमिटर दक्षिणमा रहेको पूर्वपश्चिम
राजमार्गको रातामाटेबाट सुरु हुने भएको छ। चक्रपथ निर्माणका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) ले
प्रारम्भिक सर्वेक्षण गरेको हो । चक्रपथ जोडिन आठ किलोमिटर ट्रयाक खोल्न बाँकी भएकाले सोका लागि विभागले नै ५० लाख रुपैयाँ बजेट दिने तयारी समेत गरिसकेको छ । बाँकी सबै काम हेटौंडा उपमहानगरपालिकाले नै गर्ने शर्तमा सर्भेका लागि लाग्ने करिब १३ लाख रुपैयाँ पनि विभागले उपलब्ध गराउने भएको छ । चक्रपथ निर्माणका लागि लाग्ने भनिएको २५ करोड रुपैयाँ भने सहरी विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, स्थानीय विकास मन्त्रालय र राष्ट्रिय योजना आयोगले व्यहोर्ने छन् । बृहत चक्रपथको कुल लम्बाई ६३.०१३ किलोमिटर हुने योजनामा उल्लेख छ । यसमध्ये कालोपत्रे र ओटासेल खण्ड २२.५० किलोमिटर, ग्राभेल, माटो र नयाँ सडक गरी बाँकी ४०.५० किलोमिटर छ।
आर्थिक बर्ष २०७१।०७२ मा मात्रै हेटौंडा नगरपालिकाबाट उपमहानगरपालिकामा परिणत भएको हो । त्यसताका पूर्वाधार बीना नै केवल करको दायरा फराकिलो पार्न नगरपालिकालाई उपमहानगरपालिकामा परिणत गरिएको हो भन्नेको ठूलै जमात थियो । तर, स्थानीय निकायको पहलमा यसरी सहर बिस्तार गर्दै चक्रपथ निर्माण योजना अघि बढ्यो भने नगरबासीलाई साच्चै बिकासको अनि फरकपनको अनुभुति हुने छ । नगरबासीले गरेको शंका केवल शंकामा मात्र सिमित हुने छ । यथा शिघ्र चत्रपथ निर्माणको थालनी भएमा नगरबासीले साच्चै उपमहानगरपालिकामा बसेको गर्व गर्न पाउने थिए की ?
Powered by Blogger.