विद्यालय तहसम्म चेस पुग्नु पर्छ ः मन्त्री पौडेल
हेटौंडा,१३चैत/पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले चेस खेल विद्यालय तहसम्म पुग्नु पर्नेमा जोड दिएका छन् ।
शनिबार भएको नेपाल बुद्धिचाल संघको पा“चौ साधारणसभाको उद्घाटन गर्दै पूर्व मन्त्री पौडेलले विद्यालय तहबाटै खेलाडीहरु जन्मने हु“दा चेस पनि विद्यालय तहसम्म पुग्नु पर्नेमा उनले जोड दिएको थियो । उनले खेलकुदमा विद्यमान नीति परिमार्जनमा यस्ता साधारणसभा उपयोगी हुनु पर्ने तर्क व्यक्त गरेका थिए । नेपालको संविधानले पनि खेलकुदलाई पहिलोपटक स्पष्ट रुपमा समेटेको भन्दै उनले खेलकुद नीतिको विषयमा बहस गर्ने यो उपयुक्त समय रहेको टिप्पणी गरेँ ।
कार्यक्रमलाई सम्बोधन गर्दै अन्तर्राष्ट्रिय चेस संघ (फिडे) का प्रतिनिधि तथा भारतका प्रमुख भरत सिंह चौहानले नेपाली बुद्धिचालको प्रगतिको प्रशंसा गरेका थिए । यतिमा मात्रै सन्तुष्ट भएर नहुने भन्दै उनले चेस कार्यक्रमलाई अब विद्यालय तहसम्म विस्तार गर्नु पर्नेमा जोड दिएका थिए ।
नेपाल बुद्धिचाल संघका अध्यक्ष
राजेशहरि जोसीको सभाध्यक्षतामा भएको कार्यक्रममा बुद्धिचाल संघका केन्द्रीय सल्लाहकार नविन तुण्डुकार, मध्यमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष मानदेव काँस्की बुद्धीचालसंघका अध्यक्ष बाबुराम पन्त, राष्ट्रिय खेलकुद परिषदका सदस्य बिरेन्द्र श्रेष्ठ, मकवानपुर बुद्धीचाल संघका अध्यक्ष ज्ञानकृष्ण प्रजापति लगायतकाले मन्तब्य ब्यक्त गरेका थिए ।

बुद्धिचाल संघको अध्यक्षमा श्रेष्ठ
हेटौंडा, १३ चैत÷ बुद्धिचाल संघको पाँचौ साधारणसभा तथा अधिवेशनबाट अध्यक्षमा हेटौंडाका एकलाल श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।
जिल्ला बुद्धिचाल संघ मकवानपुरको आतिथ्यतामा हेटौडामा शनिबार सम्पन्न महाअधिवेशनबाट अध्यक्षमा श्रेष्ठ, बरिष्ठ उपाध्यक्षमा विदुरप्रसाद गौतम, महासचिवमा
हेराकाजी महर्जन, सचिवमा धरम लामा, कोषाध्यक्षमा ज्ञानेन्द्र महर्जन र सहकोषाध्यक्षमा ज्ञानेन्द्र पराजुली निर्वाचित भएका छन् ।
त्यसैगरी, ४ उपाध्यक्षका लागि आठजना, नौ सदस्यका लागि १३ जनाको उमेदवारी परेको प्रमुख निर्वाचन अधिकृत कुलबहादुर थापाले जानकारी दिए । निर्वाचनमा फिडे डेलिगेटमा भरतसिं चौहान छन् । महाधिवेशनमा संघका शाखा गठित २९ जिल्लाबाट दुईजना प्रतिनिधिका दरले ५८ जना , केन्द्रीय समितिबाट ३१ जना र नेपाल च्याम्पियन महिला , पुरुष खेलाडी समेत गरी ९१ जना मतदाता छन् ।
अधिवेशनले ४ वर्षका लागि १९ सदस्यीय केन्द्रीय कमिटीको निर्वाचन गर्नेछ । निर्वाचित केन्द्रीय कमिटीले उपाध्यक्षसहित ७ सदस्य र राखेपका दुई प्रतिनिधि मनोनित गर्नेछ ।