राप्रपा नेपालको सम्मेलनको मिति तय
हेटौँडा, १२ जेष्ठ/राप्रपा नेपाल मकवानपुरले जिल्ला सम्मेलन र क्षत्रीय सम्मेलनको मिति तथा स्थान तय गरेको छ ।
राप्रपा नेपाल जिल्ला कार्यसमिति मकवानपुरको बैठकले क्षत्रीय सम्मेलनको मिति र स्थान तय गरेको हो । यहि जेठ १८ गते ४ नम्बर, १९ गते २ नम्बर र २० गते १ नम्बर क्षेत्रको अधिवेशन गर्ने निर्णय गरेको छ । क्षेत्र नम्बर ३ को अधिवेशन भने यस अघि नै भैसकेको छ । यस्तै जिल्ला सम्मेलन यहि जेठ २५ गते गर्ने निर्णय समेत गरेको छ ।
४ नम्बर निर्वाचन क्षत्रको अधिवेशन मनहरीमा हुने र भूमिसुधार व्यवस्था मन्त्री रामकुमार सुब्वाले उद्धघाटन गर्ने कार्यक्रम समेत तय भएको छ । यस्तै १९ गते कुलेखानीको हेभिचौरमा र २० गते फापरबारीमा हुने अधिवेशनलाई राप्रपा नेपालका केन्द्रीय अध्यक्ष समेत रहेका उपप्रधान परराष्टू तथा स्थानीय विकास मन्त्री कमल थापाले सम्वोधन गर्ने बताइएको छ ।
राप्रपा नेपालका नेता तथा सांसद् गणेश थापाको प्रमुख आतिथ्यतामा भएको जिल्ला कार्यसमितिको बैठकमा मकवानपुर जिल्ला अध्यक्ष नवराज बिष्ट, हेटौडा नगर अध्यक्ष गुरुप्रसाद सापकोटा, १ नम्बर क्षत्रीय अध्यक्ष राजाराम अर्याल, २ नम्बर क्षत्रीय अध्यक्ष शुक्र लामा, ३ नम्बर क्षत्रीय अध्यक्ष ध्रुब सञ्जेल, क्षेत्र नम्बर ४ का अध्यक्ष गोविन्द रिजाल, युवक संगठन नगर अध्यक्ष भृगु कार्कीलगायतको आतिथ्यता रहेको थियो ।
