कृति अहंकार
![]() |
ओमप्रसाद फुयाँल |
म चाहन्छु
मेरो आक्रोसको ज्वालाले नपोलोस् तिमीलाई
तिमीले दिएको घाउको दुर्गन्ध
नपुगोस् तिमीसम्म
तिम्रा कलमहरु निदाउने दिन नआओस् कहिल्यै
तर डर छ मलाई
जब उम्लिन्छ मान्छे
उसको बिचारमा डडेलो लाग्छ
र कृतिहरु खरानी बन्छन्
धमिरा लाग्छ सोचहरुमा
र खोक्रिन्छ सिंगो जीवन ।
नबिर्स
ठीक त्यसैबेला
म मेरो सफलताको सगरमाथामा हुनेछु
र त्यही उच्च शिखरबाट
मैले नै एक डिक्का हिउँको डल्लो
पठाउने छु,
ताकि त्यही हिउँ पग्लेको पानीले
बौरिनेछौ
आÇनै तापले मुर्छित तिमी ।
मेरो आग्रह हुनेछ
तिम्रो वरिपरिका भिडहरुलाई
कला–कला सात्तो आइजो भनेर छिम्किदिनु
उही मेरो सगरमाथाको
एक मुठ्ठी हिउँ पानी
अहंकारले मुर्छित
तिम्रो सोच माथि ।
–हेटौँडा–७
हाल साउदी अरब

