Header Ads


कृति अहंकार


ओमप्रसाद फुयाँल

म चाहन्छु 
मेरो आक्रोसको ज्वालाले नपोलोस् तिमीलाई 
तिमीले दिएको घाउको दुर्गन्ध 
नपुगोस् तिमीसम्म 
तिम्रा कलमहरु निदाउने दिन नआओस् कहिल्यै 
तर डर छ मलाई 
जब उम्लिन्छ मान्छे 
उसको बिचारमा डडेलो लाग्छ 
र कृतिहरु खरानी बन्छन् 
धमिरा लाग्छ सोचहरुमा 
र खोक्रिन्छ सिंगो जीवन ।

नबिर्स 
ठीक त्यसैबेला 
म मेरो सफलताको सगरमाथामा हुनेछु 
र त्यही उच्च शिखरबाट 
मैले नै एक डिक्का हिउँको डल्लो 
पठाउने छु,
ताकि त्यही हिउँ पग्लेको पानीले 
बौरिनेछौ 
आÇनै तापले मुर्छित तिमी ।

मेरो आग्रह हुनेछ 
तिम्रो वरिपरिका भिडहरुलाई
कला–कला सात्तो आइजो भनेर छिम्किदिनु  
उही मेरो सगरमाथाको 
एक मुठ्ठी हिउँ पानी  
अहंकारले मुर्छित 
तिम्रो सोच माथि ।
–हेटौँडा–७
    हाल साउदी अरब
Powered by Blogger.