जनवादी जन्मदिन मनाए मोक्तानले
हेटौँडा, ३ साउन/नेकपा एमालेका जिल्ला कमिटी सदस्य सुनिल मोक्तानले आफ्नो जन्मदिनलाई जनवादी जन्मदिको रुपमा मनाएका छन् ।
कम्युनिष्ट विचार बोकेका धेरैले जनवादी विवाह गर्ने गरेको बिषय आउने गरेको थियो तर हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष समेत मोक्तानले सोमबार परेको जन्मदिन हेटौंडा–१७ चुरियामाई रातोमाटेमा रहेको दिव्यसेवा निकेतनमा आश्रय लिइरहेका वृद्धवृद्धाहरुलाई सहयोग गरेर उनीहरुसंगै खुशी बा“डेर मनाएका हुन् । जन्मदिनको अवसर पारेर मोक्तानले निकेतनमा आश्रित वृद्धवृद्धाको स्वास्थ्य उपचार सहयोगार्थ वार्षिक १२ हजार रुपिया“ प्रदान गर्ने उद्घोष गरे । उनले सोमबार वृद्धवृद्धालाई बिहानको एक छाक खाना समेत खुवाए । दिव्य सेवा निकेतनका सञ्चालक सदस्यसमेत रहेको मोक्तानको जन्मदिन मनाउन नेकपा एमाले मकवानपुरका प्रायः नेता चुरियामाई पुगेका थिए । उनलाई नेकपा एमाले केन्द्रीय सदस्य तथा नारायणी अञ्चल इञ्चार्ज केदार न्यौपाने, पूर्व सांसद कृष्णप्रसाद दाहाल, एमाले मकवानपुर पूर्व अध्यक्ष रामेश्वर राना, निवर्तमान पार्टी संयोजक रामचन्द्र राई, एमाले मकवानपुर अध्यक्ष मुनु सिग्देल, युवा संघ केन्द्रीय कोषाध्यक्ष हिदम लामा, युवा संघ जिल्ला अध्यक्ष सन्तोष चौलागाईं लगायतले शुभकामना दिए ।
