Header Ads


खाद्यान्न व्यवसायीले खरिदबिक्री गर्न छाड्यो अन्डर बिलिङका सामग्री

हेटौँडा, १ साउन/नेपाल खाद्यान्न व्यवसायी संघ मकवानपुरले न्यून विजकीकरण (अन्डर बिलिङ) भै आउने खाद्यान्न वस्तु खरिद्विक्री बन्द गरेको छ । 
हेटौँडामा दुईहप्ता अघि पत्रकार सम्मेलन गर्दै संघले साउन १ गतेबाट अन्डर बिलिङका खाद्यान्न खरिद्बिक्री नगर्ने बताएको खाद्यान्न व्यवसायी संघले शनिबारबाट खरिद्बिक्री बन्द गरेको बताएको छ । नेपालमा स्थापित उद्योग र आयातकर्ताहरुले सामान विक्रीको क्रममा न्यून विजकीकरण गरी सामान बेच्ने 
गरेको र त्यसबाट खाद्यान्न व्यवसायी मर्कामा परेकोले अन्डर बिलिङका सामान नबेच्ने निर्णय गरेको संघ मकवानपुर अध्यक्ष विजय सागर श्रेष्ठको भनाई छ । 
‘अन्डर बिलिङ भएर ल्याउने कुनैपनि खाद्यान्न वस्तु किन्दा पनि किन्दैनौँ र बेच्दा पनि बेच्दैनौँ’, उनले भने । संघका उपाध्यक्ष काव्यमणि अधिकारीले यस बिषयमा मकवानपुर उद्योग वाणिज्य संघ, प्रशासन, सञ्चार माध्यमलगायत सरोकारवालालाई यसअघि नै जानकारी गराइसकेको बताउँदै सहयोगको निम्ति सरोकारवालालाई अनुरोध गरे । ‘शनिबार हेटौँडाका बजार÷पसल बन्द हुने गरेको भएपनि बाहिरबाट विभिन्न सामग्रीहरु ल्याइने गरेको थियो । 
हामीले आजै (शनिबार) बाट नै अन्डर बिलिङका सामग्री खरिद्बिक्रीमा रोक लगाइसकेका छौँ’, अधिकारीले 
थपे । खाद्यान्न व्यवसायीले पूरा बिलको सामान मात्र बिक्री गर्ने बताएका छन् । ‘हामी मारमा परेर काम गर्दैनौँ । जतिमा किनेका हौँ सोही अनुसारको बिल माग गरेका हौँ’, उनले भने, ‘हाम्रो यस कार्यले सरकारको कर संकलनमा अभिवृद्वि हुने र व्यवसायी र सर्वसाधारणलाई पनि सहज हुने विश्वास लिएका छौँ ।’
Powered by Blogger.