Header Ads


१६ सडकले पायो सवारी सञ्चालन अस्थायी अनुमति

हेटौंडा, १५ भदौ/मकवानपुरका विभिन्न १६ वटा सडकले सवारी साधन सञ्चालनको निम्ति अस्थायी अनुमति प्राप्त गरेको छ । मकवानपुरमा राष्ट्रिय तथा स्थानीय स्तरबाट निर्माण भएका विभिन्न सडकमा सवारी सञ्चालन अनुमति माग्दै जिल्ला यातायात व्यवस्थापन समिति मकवानपुरको बैठकले भदौ १३ गते यातायात व्यवस्था कार्यालय बीरगञ्जमा पठाएको थियो । 
यातायात व्यवस्था कार्यालयको यातायात व्यवस्थापन समितिको १४ गते बसेको बैठकले मकवानपुरका १६ वटा सडकखण्डलाई सवारी साधन सञ्चालनार्थ अस्थायी अनुमति दिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जानकारी दिएको छ । प्राविधिक सहितको टोलीले अध्ययन गरी वीरगञ्ज पठाएको १६ वटै सडकले सवारी साधन सञ्चालन अस्थायी अनुमति पाएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर विश्वकर्माले जानकारी दिए । यातायात साधन सञ्चालनको लागि बाटो कायम भएका सडकहरुमा नियमअनुसार इजाजत लिएर यातायात सञ्चालन गर्न सबै यातायात व्यवसायीमा प्रशासनले अनुरोध समेत 
गरेको छ ।
Powered by Blogger.