जिल्ला बारमा पुन :केसी
हेटौंडा, १८ भदौ/मकवानपुर जिल्ला बार एसोसिएसनको अध्यक्षमा पुन :अज्मिर केसी निर्वाचित भएका छन् ।
शनिबार भएको निर्वाचनबाट चौथो कार्यकालका लागि केसी निर्वाचित भएका हुन् । अध्यक्षका २ जना उम्मेदवारलाई हराउँदै उनी अध्यक्षमा विजयी भएका हुन् । केसीले ललिता श्रेष्ठ र इश्वरी अधिकारीलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।
निर्वाचनबाट उपाध्यक्षमा उत्तम बस्नेत, सचिवमा अप्सरा बस्नेत, कोषाध्यक्षमा जगनाथ सुवेदी तथा पार्षद्मा रामप्रसाद रिमाललाई निर्वाचित भएका छन् । अन्तिम समयमा इश्वरराज ढकालले भने अध्यक्ष पदबाट आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए ।
अध्यक्षमा चौथो कार्यकालको लागि निर्वाचित भएका केसीले नेपालमा आएको नयाँ संविधानलाई कार्यान्वयन गर्दै बारमा लागू गराउनको निम्ति आफ्नो नेतृत्व आवश्यक रहेकोले अध्यक्षमा पुन ः एकपटक उम्मेदवारी दिएको प्रतिक्रिया दिए ।
‘नयाँ संविधानलाई कार्यान्वयन बारलाई अघि बढाउनको निम्ति सबैले मैले नै एकपटक फेरी नेतृत्व गर्नुपर्छ भन्ने चाहना राखेका थिए’, उनले भने, ‘मलाई विश्वास गरेर फेरि एकपटक अध्यक्षमा चयन निर्वाचित गरेका छन् । कानुन व्यवसायी एवम् सेवाग्राहीको हकहितमा निरन्तर लाग्नेछु ।’
अध्यक्ष केसीले अदालतलाई भ्रष्टचारमुक्त बनाउने अभियानमा आफू निरन्तर लागिपर्ने जानकारी दिए ।

